देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं

सारांश

  • २६ जेठ, काठमाडौं ।
  • अहिलेसम्म स्थानीय चुनावमा भाग लिने निर्णय गर्न नसकिरहेको राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई चुनाव हुन नदिने अडान दोहोर्‍याएको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार संसद बैठकमा बधाई दिने क्रममा राजपाका नेताहरुले माग पूरा गर्न देउवालाई दबाव दिएका हुन् ।

२६ जेठ, काठमाडौं । अहिलेसम्म स्थानीय चुनावमा भाग लिने निर्णय गर्न नसकिरहेको राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई चुनाव हुन नदिने अडान दोहोर्‍याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार संसद बैठकमा बधाई दिने क्रममा राजपाका नेताहरुले माग पूरा गर्न देउवालाई दबाव दिएका हुन् ।

संसदमा प्रधानमन्त्रीलाई बधाई दिने क्रममा सरकारलाई समर्थन गरेका र देउवालाई मत दिएका राजपा नेताहरुले अहिलेसम्म माग पूरा नभएकोमा दुःख व्यक्त गरे । देउवालाई बधाई दिँदै राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महिन्द्रराय यादवले भने, ‘हामी संविधान मान्न तयार छैनौं, हामीसँग सरकारले गरेको ३ बुँदे सम्झौता अनुसार संविधान संशोधन गरोस्, अनिमात्र चुनावमा जान सकिन्छ ।’

सरकारले शहीद घोषणा, जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने लगायतका काम पनि नगरेको यादवले बताए । यादवले मुद्दा फिर्ता, मधेस आन्दोलनका घाइतेको उपचारको वातावरण नबनेमा चुनावमा भाग नलिने बताए । यादवले भने, ‘यदि यो समस्या समयमै समाधान भएन र राजपाले चुनावमा भाग लिएन भने स्थानीय चुनावले बैधानिकता प्राप्त गर्ने छैन । हामी निर्वाचनमा जान तयार छौं तर, हामीलाई निर्वाचनमा जाने वातावरण सरकार र प्रतिपक्षले बनाउन् ।’
राजपाकै अर्का नेता सर्वेन्द्रनाथ शुक्लले संविधान संशोधनको प्रतिबद्धता तीन ठूला दलले गरेकाले संशोधन नभई चुनाव हुन नदिने बताए । उनले सरकार गठनका बेला संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको कारण देउवा सरकारलाई समर्थन गरेको बताए ।

तर, सरकारले ७ प्राथमिकतामा संविधान संशोधन नराखेकोले शंका उत्पन्न भएको बताए । उनले भने, ‘यहि अवस्थाले राजपालाई चुनाव भन्दा आन्दोलनमा धकेल्ने सम्भावना छ, यस्तो नहोस् । सरकारले तीनओटा बाचा गरेको थियो, सरकारले के गर्न खोजेको छ ? कुनै वार्ता भएको छैन । हामी अहिले चुनावमा जाने अवस्थामा छैनौं ।’

राजपाकै सांसदहरु नरसिंह चौधरी, डिम्पलकुमारी झा, धमेन्द्र साह तेली लगायतले पनि संविधान संशोधन बिना चुनावमा नजाने बताए । उनीहरुले संसदबाट निर्वाचन ऐन संशोधन गर्दैमा राजपा चुनावमा सहभागी नहुने बताए ।

कांग्रेस र माओवादीका सरकारलाई राजपाले निरन्तर समर्थन गरे पनि माग पूरा नभएको भन्दै राजपा नेताहरुले सरकार गठनको पूर्वसन्ध्यामा गरिएको बाचा पूरा गरेमात्र चुनाव हुने देउवालाई बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीश शर्माका विरुद्ध गंगामायाको उजुरी
न्यायाधीश शर्माका विरुद्ध गंगामायाको उजुरी
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
यी हुन् आजको कांग्रेस केन्द्रीय समिति बैठकका तीन एजेण्डा
यी हुन् आजको कांग्रेस केन्द्रीय समिति बैठकका तीन एजेण्डा
क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना
क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना
अमेरिकामा नेपालीलाई दिएको सुविधा खारेज !
अमेरिकामा नेपालीलाई दिएको सुविधा खारेज !
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा
“Don’t know whose hand to hold,” Janhvi Kapoor opens up about attending an award show without Sridevi
“Don’t know whose hand to hold,” Janhvi Kapoor opens up about attending an award show without Sridevi
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी

तपाईंले छुटाउनुभयो कि?