अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल र हेर्नलायक खेलाडी
सारांश
- २,असार।
- समूह ‘डि’ को पहिलो खेल तथा आज शनिबारको दोस्रो खेलमा विश्वकप दाबेदार अर्जेन्टिना र विश्वकपमा पहिलो पटक भाग लिंदै गरेको आइसल्यान्ड भिड्दै छन् ।
- खेल नेपाली समय अनुसार साँझको ६.
२,असार। समूह ‘डि’ को पहिलो खेल तथा आज शनिबारको दोस्रो खेलमा विश्वकप दाबेदार अर्जेन्टिना र विश्वकपमा पहिलो पटक भाग लिंदै गरेको आइसल्यान्ड भिड्दै छन् ।
खेल नेपाली समय अनुसार साँझको ६.४५ बजे सुरु हुने छ । २०१४ को विश्वकप उपविजेता रहेको अर्जेन्टिनाका लागि उसका गोलकिपर रोमेरो र मिडफिल्डर म्यानुयल लान्जिनी घाइते रहेका छन् । आज अग्रपंक्तिमा मेस्सीलाई डि मारिया, गोन्जालो हिग्वाइन र म्याक्सी मेजाको साथ रहने छ ।
अर्को तर्फ, युरोकप २०१६ मा सोचेभन्दा निकै उत्कृष्ट प्रदर्शन गरेको आइसल्यान्ड सोही प्रदर्शन विश्वकपमा दोहोर्याउन चाहन्छ । आइसल्यान्डका लागि मिडफिल्डर गिल्फी सिगर्डसनको फिटनेस मुख्य चासोको विषय हुने छ ।
सम्भावित सुरुवाति ११
अर्जेन्टिना – काबालेरोस फाजियो, बुस्टोस, टागलियाफिको, ओटामेन्डीस मासेरानो, लो सेल्सो, डि मारिया, मेजा, मेस्सीस हिग्वाइन
आइसल्यान्ड – हालडोर्सनस माग्नुसन, रागनार सिगर्डसन, आर्नासन, सेभरसन, जार्नासन, गुनरसन, सिगर्डसन, गुडमुनसनस सिगरडार्सन, फिन्बोगासोन।
प्रतिक्रिया