प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने : डा लोहनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने : डा लोहनी

सारांश

  • जनकपुरधाम, ३० कात्तिक : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संवैधानिक संरचनालाई भागबण्डाको राजनीतिबाट मुक्तिका लागि प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन र राजसंस्थालाई राष्ट्राध्यक्षका रूपमा राख्ने शासकीय संरचनाको नीतिद्वारा निर्देशित गरिनु पर्ने बताउनुभएको छ ।
  • जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले धर्म निरपेक्षताको नाममा खुलेआम सांस्कृतिक स्रोत केन्द्रलाई भताभुंग पार्ने क्रियाकलाप भइ रहेकाले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।
  • एक प्रश्नको जवाफमा उहाँले कम्युनिस्टको डिएनए नै अधिनायकवाद भएकाले नेपालका कम्युनिस्टहरू पनि सोही अवधारणालाई लाद्ने खेलमा लागेको विचार व्यक्त गर्नुभयो ।

जनकपुरधाम, ३० कात्तिक : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संवैधानिक संरचनालाई भागबण्डाको राजनीतिबाट मुक्तिका लागि प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन र राजसंस्थालाई राष्ट्राध्यक्षका रूपमा राख्ने शासकीय संरचनाको नीतिद्वारा निर्देशित गरिनु पर्ने बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले धर्म निरपेक्षताको नाममा खुलेआम सांस्कृतिक स्रोत केन्द्रलाई भताभुंग पार्ने क्रियाकलाप भइ रहेकाले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले कम्युनिस्टको डिएनए नै अधिनायकवाद भएकाले नेपालका कम्युनिस्टहरू पनि सोही अवधारणालाई लाद्ने खेलमा लागेको विचार व्यक्त गर्नुभयो ।

विगतमा जनकपुर क्षेत्रबाट शासनमा नेतृत्व गर्नेहरूको संख्या अधिक भए पनि जनकपुर शासक वर्गबाट उपेक्षाको शिकार भएको चर्चा गर्दै उहाँले आफ्नो दल जनकपुरलाई बृहत् मिथिला संस्कृति तथा अन्तर्राष्ट्रिय सनातन धर्म आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने पक्षमा रहेको छ, भन्नुभयोे ।

(Clorazepate/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?