सीमा विवाद सम्बन्धी सर्वदलीय बैठकमा के भयो ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ३१, २०७७
|
|
२७ पटक हेरिएको
Shares
सीमा विवाद सम्बन्धी सर्वदलीय बैठकमा के भयो ?

सारांश

  • भारतसँगको सीमा विवाद चर्किएका बेला विपक्षी दलका नेताहरुले सरकारलाई भारतसँग एक्लै, भारत र चीनसँग त्रिविपक्षीय उच्चस्तरीय वार्ता तत्कालै अघि बढाउन दबाब दिएका छन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझपख बोलाएको सर्वदलीय बैठकमा सामेल प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा, हालै गठित जनता समाजवादी पार्टीको नेता डा.
  • बाबुराम भट्टराई, राजपाका नेता महत्थ ठाकुरलगायतले त्यस्तो सुझाव दिएका हुन्।

भारतसँगको सीमा विवाद चर्किएका बेला विपक्षी दलका नेताहरुले सरकारलाई भारतसँग एक्लै, भारत र चीनसँग त्रिविपक्षीय उच्चस्तरीय वार्ता तत्कालै अघि बढाउन दबाब दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझपख बोलाएको सर्वदलीय बैठकमा सामेल प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा, हालै गठित जनता समाजवादी पार्टीको नेता डा.बाबुराम भट्टराई, राजपाका नेता महत्थ ठाकुरलगायतले त्यस्तो सुझाव दिएका हुन्।

काँग्रेस सभापति देउबाले काली (महाकाली) पूर्वको सबै भूभाग नेपालको भएको भन्दै यो समस्या समाधानका लागि सरकारले भारतसँग पहिले एक्लै र त्यसपछि भारत र चीनसँग त्रिपक्षीय वार्ता अघि बढाउन सुझाव दिएको बताए।

उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएकोमा कुनै शंका छैन। तर अब यो भूमि भारतको कब्जाबाट फिर्ता गर्न सरकार संवेदनशील र गम्भीर हुनुपर्छ। त्यहाँ तैनाथ भारतका सेना फिर्ता लग्न नेपालले दबाब दिनुपर्छ भन्ने सुझाव दिएँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने
जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने
नेपाली रैथाने  मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै  हुन्-सन्जीव झा  ।
नेपाली रैथाने मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै हुन्-सन्जीव झा ।
प्रधानमन्त्री ओलीले लेखे शीर्षकविनाको कविता, र भने मरेपछि पनि सपना देख्न पाउँ
प्रधानमन्त्री ओलीले लेखे शीर्षकविनाको कविता, र भने मरेपछि पनि सपना देख्न पाउँ
आज प्रतिनिधि सभाको बैठक बस्दै
आज प्रतिनिधि सभाको बैठक बस्दै
हट्यो टिकटकमाथिको प्रतिबन्ध
हट्यो टिकटकमाथिको प्रतिबन्ध
आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग
आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग
कान्तिपुरमा  सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !
कान्तिपुरमा सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !
आगलागीबाट पाँच लाख बराबरको क्षति
आगलागीबाट पाँच लाख बराबरको क्षति
मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई
मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई

तपाईंले छुटाउनुभयो कि?