द लाखे ब्याण्डको मालश्री धुन

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ३, २०७७
|
|
२० पटक हेरिएको
Shares
द लाखे ब्याण्डको मालश्री धुन

सारांश

  • बडा दशै सुरु भएसँगै दशै धुनहरु गुञ्जन थालेका छन् ।
  • द लाखे ब्याण्डले पनि दशैमा प्रचलित रहेको मालश्री धुनलाई आफ्नो ब्याण्डका सांगीतिक सदस्यमार्फत् प्रस्तुत गरेको छ ।
  • मालश्री धुनको फ्युजन ट्रयाक केही समय अघि नै ब्याण्डले तयार गरिसकेको थियो ।

बडा दशै सुरु भएसँगै दशै धुनहरु गुञ्जन थालेका छन् । द लाखे ब्याण्डले पनि दशैमा प्रचलित रहेको मालश्री धुनलाई आफ्नो ब्याण्डका सांगीतिक सदस्यमार्फत् प्रस्तुत गरेको छ । मालश्री धुनको फ्युजन ट्रयाक केही समय अघि नै ब्याण्डले तयार गरिसकेको थियो ।

परम्परागतरुपमै प्रचलन रहँदै आएको मालश्री धुनलाई ब्याण्डका प्रमुख नवरस श्रेष्ठले थोरै थपघट  गरेका छन् । धुनको मिक्सिङ, मास्टरिङ र भिडियोको संपादन नवरसले नै गरेका हुन् ।

२००७ सालमा स्थापना भएको ब्याण्डको गिटारमा नवरस श्रेष्ठ, लसन तुलाधर, दीपेन शाक्य र बेसमा प्रमोद आचार्य, ड्रममा इन्द्रमान महर्जन सदस्य रहेका छन् । ब्याण्डले सुरुवातमा नेवा मेटल ब्याण्डको परिचय बनाएको थियो । तर ब्याण्डमा अहिले क्लासिकल, रक तथा मेटल संगीतको प्रभाव रहेको पाइन्छ ।

Video Link

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?