इद मनाउन आएकालाई प्रहरीले पक्राउ गरेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
इद मनाउन आएकालाई प्रहरीले पक्राउ गरेपछि…

सारांश

  • बीरगंज, ३ असार ।
  •  इद मनाउन काठमाण्डौबाट बीरगंज आएका नसिमुल हक अन्सारीलाई इलाका प्रहरी कार्यालय सिमराले अनाहकमा पक्राउ गरी हिरासतमा लिएपछि स्थानिय वासिन्दा आक्रोशित भएका छन् ।
  • इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज प्रहरी निरिक्षक भुवन भट्टको कमाण्डमा खटिएको टोलीले पक्राउ पुर्जी विना नै बीरगंज महानगरपालिका वडा नम्बर ३२ निवासी नसिमुल हक अन्सारी लाई हिजो सांझ पक्राउ गरेको थियो ।

बीरगंज, ३ असार । इद मनाउन काठमाण्डौबाट बीरगंज आएका नसिमुल हक अन्सारीलाई इलाका प्रहरी कार्यालय सिमराले अनाहकमा पक्राउ गरी हिरासतमा लिएपछि स्थानिय वासिन्दा आक्रोशित भएका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज प्रहरी निरिक्षक भुवन भट्टको कमाण्डमा खटिएको टोलीले पक्राउ पुर्जी विना नै बीरगंज महानगरपालिका वडा नम्बर ३२ निवासी नसिमुल हक अन्सारी लाई हिजो सांझ पक्राउ गरेको थियो ।

इद मनाउन घरमा आएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने क्रममा विवाद भएपछि घरमा रहेका महिला, बालबालिकाहरुलाई समेत प्रहरीले कुटपिट गरि दुव्र्यवहार गरेको पिडित परिवारले बताएका छन् ।  नसिमुललाई किन पक्राउ गरियो भन्ने विषयमा निजको परिवारले सोध खोजगर्दा समेत प्रहरी निरिक्षक भट्टले आलटाल जवाफ दिने गरेको पिडितका भाई अमानुल हक अन्सारीले बताउनु भयो ।

नसिमुललाई पक्राउ गरेको विषयमा बुझन गएका संचारकर्मीहरुलाई समेत प्रहरी निरीक्षक भट्टले दुव्र्यवहार गरेका थिए ।

प्रहरी निरिक्षकले पक्राउ गर्नुको कारण र मुद्दाको बारेमा बुझने अधिकार संचारकर्मीलाई नभएको भन्दै आफूले गृहमन्त्री र आईजिपीको फोन आएपनि कारण नखोल्ने चेतावनी दिएका थिए । नसिमुल विरुद्ध वीरगंज महानगरपालिका ३२ चोर्नीका अनिल श्रीवास्तवले ठगि मुद्दामा उजुरी दिएकै भरमा घटनाको वास्तविकतै नबुझी निर्दोष नसिमुललाई प्रहरी निरिक्षक भट्टले श्रीवास्तवको प्रभावमा परि पक्राउ गरेको पिडितका परिवारजनले बताएका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक भट्टले पैसाको प्रभावमा परेर निर्दोष व्यक्तिलाई फासाएको भन्दै ग्रामिण क्षेत्रका बासिन्दा आक्रोशित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी हुँदैछ जनप्रतिनिधिको विदेश पलायन
यसरी हुँदैछ जनप्रतिनिधिको विदेश पलायन
अ्मेरिका बस्ने समाजसेवी   अनिल बस्नेतको रु १०००० सहयोग,
अ्मेरिका बस्ने समाजसेवी अनिल बस्नेतको रु १०००० सहयोग,
सुन्दर अनुहारको लागि अमला यसरि प्रयोगमा ल्याउन सकिन्छ
सुन्दर अनुहारको लागि अमला यसरि प्रयोगमा ल्याउन सकिन्छ
‘राष्ट्रिय दिवस मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’
‘राष्ट्रिय दिवस मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’
आगामी तीन दिनसम्म देशैभर मौसम बदली र वर्षा हुने
आगामी तीन दिनसम्म देशैभर मौसम बदली र वर्षा हुने
प्रदेश नं ३: मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाईडको सुभारम्भ
प्रदेश नं ३: मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाईडको सुभारम्भ
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
आज एमाले मधेस प्रदेश अधिवेशन
आज एमाले मधेस प्रदेश अधिवेशन
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु

तपाईंले छुटाउनुभयो कि?