खसी बोका खरीद बिक्री केन्द्र स्थापना

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २२, २०७६
|
|
१७ पटक हेरिएको
Shares
खसी बोका खरीद बिक्री केन्द्र स्थापना

सारांश

  • चितवनको इच्छाकामना गाउँपालिकामा खसी बोका खरीद बिक्री केन्द्र स्थापना गरिएको छ ।
  • वडा नं ६ मा रहेको चण्डिभञ्ज्याङ महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा पहिलोपटक खसीबोका खरीद बिक्री केन्द्रको स्थापना गरेको हो ।
  • केन्द्रको शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

चितवनको इच्छाकामना गाउँपालिकामा खसी बोका खरीद बिक्री केन्द्र स्थापना गरिएको छ । वडा नं ६ मा रहेको चण्डिभञ्ज्याङ महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा पहिलोपटक खसीबोका खरीद बिक्री केन्द्रको स्थापना गरेको हो ।

केन्द्रको शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले गुणस्तरीय उत्पादन गर्न सकेमा बजारीकरणको समस्या नहुने र किसानले पनि आफ्नो उत्पादनको मूल्य राम्रो लिन सक्ने भएकाले व्यावसायिक बाख्रापालन गर्ने किसानका लागि गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो ।

विभिन्न संस्थासँगको साझेदारीमा रु पाँच लाख ५० हजार खर्च गरी खसी बोका खरीद बिक्री केन्द्र निर्माण गरिएको महिला उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष रश्मी गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार खसी बोका बिक्री केन्द्र निर्माणका लागि इच्छाकामना गाउँपालिकाको रु दुई लाख ५० हजार, हेफर इन्टरनेशनलको रु दुई लाख र सहकारीको रु एक लाख लगानी परेको छ । खसी बोका खरीद बिक्री केन्द्रको सञ्चालनसँगै किसानको उत्पादनलाई बजारीकरणमा सहजता हुने र किसानले पनि राम्रो मूल्य पाउने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

यसैबीच सहकारीले निर्माण गरेको खसीबोका खरीद बिक्री केन्द्रको उद्घाटनको पहिलो दिन शनिबार करीब ६१ खसी बोका बिक्री भएको र सोबाट करीब रु नौ लाख कारोबार भएको छ । केन्द्रमा ४० किलोभन्दा माथिको खसी बोकाको रु ५०० प्रतिकिलो, ३० देखि ४० किलोसम्मको रु ४७० र २० देखि ३० किलोसम्मको रु ४५० प्रतिकिलो बिक्री मूल्य निर्धारण गरिएको छ ।

यहाँका अधिकांश किसानले खेतीपातीसँगै आर्थिक आम्दानीका लागि बाख्रापालन पनि गर्दै आएका छन् । खसी बोका खरीद बिक्री सङ्कलन केन्द्र निर्माण भएपछि किसानलाई सहजता भएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक विकास मंचमा खतिवडाको नेतृत्व
सामाजिक विकास मंचमा खतिवडाको नेतृत्व
आज नेकपा सचिवालय बैठक
आज नेकपा सचिवालय बैठक
यी हुन् वैदेशिक रोजगार विभागका २५ जना भ्रष्टचारि कर्मचारी !
यी हुन् वैदेशिक रोजगार विभागका २५ जना भ्रष्टचारि कर्मचारी !
झापामा फुसको छानो हटाउन शुरु
झापामा फुसको छानो हटाउन शुरु
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
माग पूरा नभए ग्यास बिक्री रोक्ने ग्यास उद्योगीको चेतावनी
माग पूरा नभए ग्यास बिक्री रोक्ने ग्यास उद्योगीको चेतावनी
इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक
इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक
कोरोनाबाट अमेरिकामा एकैदिन एक हजार भन्दा बढीको मृत्यु
कोरोनाबाट अमेरिकामा एकैदिन एक हजार भन्दा बढीको मृत्यु
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?