‘तिमीले हामी सबैलाई छोडेर गयौ प्रिय उपेन्द्र!’ : डा. भट्टराई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
‘तिमीले हामी सबैलाई छोडेर गयौ प्रिय उपेन्द्र!’ : डा. भट्टराई

सारांश

  • शिखरन्युज, ५ असार- बरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनप्रति भावुक हुँदै सहपाठी डाक्टर बाबुराम भट्टराईले भावुक स्टाटस् लेखेका छन् ।
  • गोरखा देखि लिएर काठमाडौं अस्कल क्याम्पससम्म सँगै पढेका डाक्टर भट्टराईले डाक्टर देवकोटालाई सम्झँदै फेसबुकमा स्टाटस् लेखेका हुन् ।
  • भौतिक रुपमा भेट नभएपनि अमरज्योति हाइस्कुल र अस्कलमा बिताएका दिनका सम्झना गर्दै भावुक स्टाटस् लेखेका हुन् ।

शिखरन्युज, ५ असार- बरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनप्रति भावुक हुँदै सहपाठी डाक्टर बाबुराम भट्टराईले भावुक स्टाटस् लेखेका छन् । गोरखा देखि लिएर काठमाडौं अस्कल क्याम्पससम्म सँगै पढेका डाक्टर भट्टराईले डाक्टर देवकोटालाई सम्झँदै फेसबुकमा स्टाटस् लेखेका हुन् । भौतिक रुपमा भेट नभएपनि अमरज्योति हाइस्कुल र अस्कलमा बिताएका दिनका सम्झना गर्दै भावुक स्टाटस् लेखेका हुन् । उनीसँगैको पूरानो फोटो समेत पोष्ट गरेका छन् ।

फेसबुकमा लेखेका छन्, ‘तिमी आफै एक वेजोड चिकित्सक थियौ, त्यसैले शायद आफ्ना अन्तिम दिनहरूका ठीकै आँकलन गरिरहेका थियौ ! हामी खालि एउटा लेम्यान र तिम्रा सहपाठी भावनावश तिम्रो चीरायुको कामना गरिरहेथ्यौं! अन्तत तिमीले हामी सबैलाई छोडेर गयौ, प्रिय उपेन्द्र!’

डाक्टर भट्टराईले फेसबुकमा लेखेका छन्, ‘भौतिक रूपमा अब तिमीसंग कहिल्यै भेट नभए पनि तिमीसंग एउटै कक्षामा अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन् ।तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं !’

‘नेपाल आमाका सुयोग्य सपूत तिम्रो सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहनेछ।हार्दिक श्रद्धांजली! परिवारजनमा गहिरो समवेदना!! ’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?