भारत भन्दा पाकिस्तानसँग धेरै परमाणु बम
सारांश
- बीबीसी।
- भारत र पाकिस्तानमा विगत दश वर्षमा परमाणु बमको संख्या दोब्बर भएको छ।
- र, पछिल्ला वर्षमा पाकिस्तानले भारतको तुलनामा बढी परमाणु बम बनाएको छ।
बीबीसी। भारत र पाकिस्तानमा विगत दश वर्षमा परमाणु बमको संख्या दोब्बर भएको छ। र, पछिल्ला वर्षमा पाकिस्तानले भारतको तुलनामा बढी परमाणु बम बनाएको छ।विश्वमा हतियारको अवस्था र विश्व सुरक्षाको विश्लेषण गर्ने स्वीडेको संस्था ‘स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट’ ले आफ्नो वार्षिक रिपोर्टमा यसको जानकारी दिएको हो।इन्स्टिच्युटको परमाणु निशस्त्रीकरण, शस्त्र नियन्त्रण अप्रसार कार्यक्रमका निर्देशक शेनन काइलले बीबीसीलाई बताए अनुसार विश्वमा परमाणु हतियारको कुल उत्पादन कम भएको छ। तर, दक्षिण एशियामा भने बढेको छ।उनलेभने–२००९ मा भारतसँग ६० देखि ७० परमाणु बम थिए। त्यो बेला पाकिस्तानसँग करिब ६० परमाणु बम थिए। तर दश वर्षको क्रममा दुवै देशका परमाणु बमको संख्या बढाएर दोब्बर बनाएका छन्।’
शेनन काइलका अनुसार पाकिस्तानसँग अहिले भारतसँग भन्दा धेरै परमाणु बम छन्। विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार भारतसँग १३० देखि १४० परमाणु बम छन् भने पाकिस्तानसँग १५० देखि १६० सम्म परमाणु बम छन्।शेनन काइल भन्छन्– अहिलेको अवस्थामा भारत र पाकिस्तानबीचको तनाब चरम अवस्थामा पुगेको छ। यसले परमाणु बमको संख्या बढेकोतर्फ इशारा गर्छ।’यद्यपी दुवै देशकाबीच परमाणु हतियारलाई लिएर यस्तो कुनै प्रतिश्पर्धा छैन जुन शीत युद्धका क्रममा अमेरिका र रुसबीच थियो।
उनले भने–म यसलाई स्ट्रयाटेजिक आर्मी कम्पिटिशन या रिभर्स मोशन न्यूल्यियर कार्मी रेश भन्छु। मलाइ के लाग्छ भने निकट भविष्यमा नै यसमा कुनै परिवर्तन हुने संभावना देखिँदैन।’
२०१९ मा कुन देशसँग कति परमाणु बम छरु
अमेरिका : ६१८५
रुस : ६५००
बेलायत : २००
फ्रान्स : ३००
चीन :२९०
भारत : १३०–१४०
पाकिस्तान : १५०–१६०
इजराइल : ८०–९०
उत्तर कोरिया : २०–३०
शेननका अनुसार भारत र पाकिस्तानले परमाणु हतियार कार्यक्रमलाई बजेटमा प्राथमिकता पनि दिएका छन्। तर सरकारले यो कार्यक्रमकालागि भनेर कति खर्च गरिरहेको छ भनेर अनुमान लगाउन भने गाह्रो छ।यो ठूलो सरकारी कार्यक्रम हो र दुर्भाग्य यसको विषयमा निकै कम मात्र जानकारी छ।
प्रतिक्रिया