कांग्रेसका जिल्ला सभापतिहरु हेटौंडा पुगे
सारांश
- शिखरन्युज, ५ असार – नेपाली कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज मंगलबारदेखि हेटौंडामा शुरू हुँदैछ।
- तीन दिन चल्ने भेलामा पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति हेटौंडा पुगिसकेका छन् ।
- आज बिहान साढे ११ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन् ।
शिखरन्युज, ५ असार – नेपाली कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज मंगलबारदेखि हेटौंडामा शुरू हुँदैछ। तीन दिन चल्ने भेलामा पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति हेटौंडा पुगिसकेका छन् ।
आज बिहान साढे ११ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन् ।
अहिले बिहान रक्तदान कार्यक्रम शुरु भएको बताइएको छ । आज पहिलो दिन उद्घाटन सत्रमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले सम्बोधन गर्नेछन् ।
भोलि बुधबार जिल्ला सभापतिहरूको धारणा राख्ने कार्यक्रम राखिएको छ । विधान संशोधनका लागि तय गरिएको भेलामामा विविध विष्यामा छलफल हुने बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया