लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५१ पटक हेरिएको
Shares
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित

सारांश

  • २३ मंसिर, लमजुङ ।
  • लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ ।
  • प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन् ।

२३ मंसिर, लमजुङ । लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन् ।

उनी ८ हजार सय ४ सय ३४ मतान्तरले विजयी भएका हुन् । उनले ३९ हजार ४ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ३४ मत प्राप्त गरे ।

यस्तै लम्जुङको प्रदेश सभा ‘क’ मा पनि एमाले उम्मेदवार धनञ्जय दवाडी विजयी भएका छन् । उनी २० हजार २ सय ४४ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका गर्ज बहादुर गुरुङले १३ हजार ८ सय ४३ मत प्राप्त गरे ।

लमजुङको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । उनी ८ हजार ६६ मतान्तरले विजयी भएका हुन् ।

गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत पाएका छन् ।

पृथ्वीसुब्बा गुरुङलाई प्रदेश नम्बर ४ को सम्भावित मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ । उनी नेकपा एमालेका केन्द्रीय सचिव समेत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
राप्रपाले सरकार छाड्ने , प्रधानन्यायाधीश महाअभियोग प्रकरण !
राप्रपाले सरकार छाड्ने , प्रधानन्यायाधीश महाअभियोग प्रकरण !
भक्तपुरमा बोलेरो जिपले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु
भक्तपुरमा बोलेरो जिपले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु
३२ जिल्लाका सबै मतपेटिका सदरमुकाममा संकलन : आयोग
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती ‘मुनाको हत्यापछि कामदारले गरे आत्महत्या’
नरेन्द्र मोदीको हत्या गर्ने योजना यसरि खुल्यो !
नरेन्द्र मोदीको हत्या गर्ने योजना यसरि खुल्यो !
दुखी हुँदै ट्रम्पले लेखे किम जोङ उनलाई यस्तो पत्र
दुखी हुँदै ट्रम्पले लेखे किम जोङ उनलाई यस्तो पत्र
मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड
मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
यू-१७ साफका लागि नेपाली टोलीको घोषणा, को को परे टिममा (नामावली सहित)
यू-१७ साफका लागि नेपाली टोलीको घोषणा, को को परे टिममा (नामावली सहित)