सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुख यादवचन्द्रको आह्वान

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
२६ पटक हेरिएको
Shares
सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुख यादवचन्द्रको आह्वान

सारांश

  • मकवानपुर ।
  • बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनतालाई सुशासन, शान्ति–सुरक्षा एवं आर्थिक समृद्धिमा जोड्न आह्वान गरेका छन् ।
  • बागमती प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा उनले जनतासँग सरोकार भएका ऐन, कानुन एवं पर्यटन, कृषि, उद्योग र प्राकृतिक जडीबुटीलाई संरक्षणका लागि आवश्यक पर्ने नियमको तर्जुमा गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनतालाई सुशासन, शान्ति–सुरक्षा एवं आर्थिक समृद्धिमा जोड्न आह्वान गरेका छन् ।

बागमती प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा उनले जनतासँग सरोकार भएका ऐन, कानुन एवं पर्यटन, कृषि, उद्योग र प्राकृतिक जडीबुटीलाई संरक्षणका लागि आवश्यक पर्ने नियमको तर्जुमा गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । 

प्रमुख शर्माले जनतालाई प्रदेशसभा हाम्रो नै हो भन्ने भावना अभिव्यक्ति गर्न सभाका सदस्यले आफूलाई व्यवहारिक बनाउनुपर्ने बताए । उनले प्रदेशसभा, प्रदेश सरकार र स्थानीय निकायबीच समन्वय गरेर प्रदेशको १३ वटै जिल्लामा सन्तुलित विकासको आयोजनालाई कार्यान्वयनमा ल्याउन र जनताप्रति जवाफदेही बनाउने कार्यलाई अब आत्मसमीक्षा गरेर प्रदेशसभाको भूमिकालाई अझै प्रभावकारी तुल्याउनुपर्ने बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विगत पाँच वर्षको अवधिमा प्रदेशसभाबाट ७० वटा ऐन, कानुन निर्माण गरी व्यवहारमा लागू गरिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा विगतको अनुभवलाई समीक्षा गरेर टुक्रे योजनालाई अब बाँडफाँट होइन, समष्टीगतरुपमा आवश्यकताअनुरुप एक योजनालाई कार्यसम्पादन गर्नेतर्फ प्रदेश सरकारको उच्च प्राथमिकता रहने उनले बताए ।

प्रदेश सरकार अहिले परिणामुखी विकास योजनालाई लक्ष्यका साथ अघि बढाउन लागिपर्ने उल्लेख गर्दै मुख्यमन्त्री जम्मकट्टेलले अहिले जनतालाई प्रदेश सरकारले राम्रो काम गर्छ भन्ने भावना विकसित गर्ने विश्वास दिलाए । उनले आगामी दिनमा प्रदेशका विकास आयोजनाले प्रत्यक्ष जनतालाई लाभ पु¥याउनेगरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभाको दोस्रो कार्यकालले अझै विभिन्न ऐन, कानुनको तर्जुमा गरी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने, भ्रष्टाचारको नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक जनशक्ति उपलब्ध गराउने र प्रशासन यन्त्रलाई निष्पक्षका साथ जनताप्रति उत्तरदायित्व बोध गराउनेतर्फ सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने फाखेल सडकखण्डलाई विस्तार, मर्मतसम्हार गर्न केही हप्तापछि सो सडकमा चल्ले यातायातलाई बन्द गरी काठमाडौँबाट हेटौँडातर्फ आउने कान्ति राजपथलाई सञ्चालनमा ल्याउनेतर्फ पहल भइरहेको जानकारी दिए । मुख्यमन्त्री जम्मकट्टेलले करिब दुई महिनासम्म कान्ति राजपथमा यातायात सञ्चालनमा रहने उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुदानले बनेका संरचना- यस्ता काम नलाग्ने छन्- घर, न धन्सार,
अनुदानले बनेका संरचना- यस्ता काम नलाग्ने छन्- घर, न धन्सार,
क्वारेन्टाइनका सुरक्षागार्डले मट्टीतेल छर्किएर आफैंलाई जलाए
क्वारेन्टाइनका सुरक्षागार्डले मट्टीतेल छर्किएर आफैंलाई जलाए
नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस : ट्राफिक प्रहरी
नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस : ट्राफिक प्रहरी
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सुरक्षाका लागि खटिएका प्रहरी कै अगाडि बम बिस्फोट
सुरक्षाका लागि खटिएका प्रहरी कै अगाडि बम बिस्फोट
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे  काे लक्ष्य !
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला

तपाईंले छुटाउनुभयो कि?