‘विश्वभरि नै नेपाली सेना ‘बहादुर’ : पाकिस्तानी प्रधानसेनापति

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
‘विश्वभरि नै नेपाली सेना ‘बहादुर’ : पाकिस्तानी प्रधानसेनापति

सारांश

  • काठमाडौं ।
  • कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानसेनापति जनरल जुवैर महम्मद हयातले शिष्टाचार भेट गरेका छन् ।
  • भेटवार्तामा मन्त्री र पाकिस्तानी प्रधानसेनापति बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानसेनापति जनरल जुवैर महम्मद हयातले शिष्टाचार भेट गरेका छन् ।
भेटवार्तामा मन्त्री र पाकिस्तानी प्रधानसेनापति बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

भेटका अवसरमा पाकिस्तानका प्रधानसेनापति हयातले दुई देशबीचको सम्बन्ध निकै पुरानो रहेको भन्दै पाकिस्तान सद्धैव नेपालको शान्ति र स्थायित्वको पक्षमा रहेको बताएका छन् ।

विश्वभरि नै नेपाली सेना बहादुर रहेको कुरा स्थापित भैसकेको प्रसंग कोट्याउँदै उहाँले पाकिस्तान द्धिपक्षीय सम्वन्धलाई अझ मजबुद गर्नुपर्ने पक्षमा रहेको बताए । सार्कले दक्षिण एसियाली क्षेत्रमा स्थायित्वका लागि योगदान गरिरहेको बताउँदै सेनापतिले पाकिस्तान कुनै पनि देशको अहितमा जान नसक्ने बताउनुभयो । उहाँले नेपालमा भैरहेको राजनीतिक स्थायित्वको पनि प्रशंसा गरे ।

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले दुई देशबीचको सम्वन्ध जनता जनताको बीचमा समेत भएको बताउँदै सार्क मार्फत क्षेत्रीय शान्ति स्थापना गर्दै स्थायित्वका पक्षमा अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?