बुढेसकालमा ९ कक्षामा भर्ना भइन् चर्चित अभिनेत्री करिष्मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
बुढेसकालमा ९ कक्षामा भर्ना भइन् चर्चित अभिनेत्री करिष्मा

सारांश

  • काठमाडौं ।
  •  चर्चित अभिनेत्री तथा नया शक्ति नेपालकी नेत्री करिष्मा मानन्धरले विद्यालय भर्ना गरेकी छिन् ।
  • ७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएको बताउने करिष्माले अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेका बताइन् ।

काठमाडौं । चर्चित अभिनेत्री तथा नया शक्ति नेपालकी नेत्री करिष्मा मानन्धरले विद्यालय भर्ना गरेकी छिन् । ७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएको बताउने करिष्माले अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेका बताइन् ।

गत वर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल (कक्षा आठ) पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् ।

यसवर्ष भने उनी ग्यालेक्सीमा नभई मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन् ।

नयाँ शक्ति पार्टी नेपालले सोमबार सीमित सञ्चारकर्मीसँग गरेको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा करिष्माले आफूले विद्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी हुन् ।

उनले भनिन्, ‘गत वर्ष मैले गीता म्या’मको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल दिएको हो । यो वर्ष मैतीदेबीको त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएर पढ्दै आएको छु ।’

उनले ७ कक्षा पढ्दै गर्दा सिनेमा क्षेत्रमा सक्रिय भएको र सफलताको शिखरमा समेत पुगेको भए पनि औपचारिक शिक्षाको अभाव भने खड्किरहेकाले सोको पूरा गर्न विद्यालयमा भर्ना भएको बताइन् ।

‘सिनेमा त मैले पिएचडी नै गरेँ भने पनि हुन्छ, तर औपचारिक शिक्षा भने भएन, त्यही अभाव पूरा गर्न अहिले अध्ययन थालेको हुँ’, उनको भनाइ थियो ।

उनले पार्टीको कामका साथै फिल्मी क्षेत्रको व्यस्ततालाई पन्छाएर सकेसम्म धेरैभन्दा धेरै दिन विद्यालय जाँदै आएको दाबी गरिन् । उनले अहिले आएर अध्ययन थाल्दा रमाइलो महसुश भएको पनि बताइन् ।

सो क्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आर्यघाटमा नपुगेसम्म पढ्ने र सिक्ने क्रम नसकिने भन्दै करिष्माले अध्ययन थालेकोमा खुसी व्यक्त गरे ।

स्मरण रहोस् करिष्यमाको एकमात्र छोरी कबिता हाल स्नातक तहमा अध्ययनरत रहेकी छन् । व्यावहारिक शिक्षाका सँगसँगै औपचारिक शिक्षाको पनि उत्तिकै महत्व रहेको बुझेर विद्यालय भर्ना भएको करिष्माको भनाइ छ ।

यसो त कलाकारको रुपमा देश विदेश चहार्दा सँधै आफूलाई औपचारिक शिक्षा पूरा गर्न नपाउँदा दुःख लाग्ने गरेको र त्यही पीडालाई शान्त पार्न अहिले विद्यालयको ढाकोसम्म पुगेको उनले खुलाइन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ratan B Gurung

    Good luck

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?