कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
४६ पटक हेरिएको
Shares
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !

सारांश

  • मोरङ, माघ १९ ।
  • माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ ।
  • तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ ।

मोरङ, माघ १९ । माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ ।

मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन् ।

रंगेलीका ६५ वर्षीय नारायणप्रसाद केवरतले विगत ३५ वर्षदेखि १० बिगाहा खेत अधिँयामा लिएर धान खेती गर्दै आएका छन । केवरतका अनुसार १० बिगाहा खेतमा दुई बाली धान मात्रै लगाउने गरेको र अरु समयमा खेत बाँझै छाड्ने गरिएको छ ।

उक्त खेतमा उनले घुटराज धान रोपिरहेका छन, उक्त रोपेको धान वैशाख अन्तिममा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोप्ने गरेको उनको भनाइ छ । अहिले खेती गर्न धेरै मेहनत गर्नुपर्ने र खर्चसमेत बढीनै गर्नुपर्ने भएको उनको भनाइ छ । सो खेतमा ६० मनदेखि ८० मनसम्म धान उत्पादन हुने गरेको छ ।

अहिले वैदेशिक रोजगारीले गर्दा खेतबारीमा काम गर्ने मजदूरसमेत नपाउने गरेको र मजदूर नहँुदा खेतीपाती गर्न समस्यासमेत परेको केवरत बताउछन । राससका अनुसार धान रोपिसकेपछि सो धानमा हाल्ने औषधि र मल नेपाल सरकारले समयमै उपलब्ध नगराउँदा कृषकले चर्काे मूल्यमा किन्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ ।

सिँचाइका लागि मोटर लगाएर पानी हाल्नुपर्ने हुनाले विद्युत् आपूर्तिको समेत अभाव हुनाले खेती गर्न समस्या रहेको उनले बताए ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
दीपक मनाङेसँगै विप्लव कार्यकर्ता नेकपा प्रवेश गरे
दीपक मनाङेसँगै विप्लव कार्यकर्ता नेकपा प्रवेश गरे
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
कतारको दोहामा एक नेपालीको हत्या, पाँच जना घाइते
कतारको दोहामा एक नेपालीको हत्या, पाँच जना घाइते
प्रम ओली कलैया अस्पताल निरीक्षणमा
प्रम ओली कलैया अस्पताल निरीक्षणमा
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित
घनश्याम भुषाल भन्छन् ‘वाम एकता जरुरी छ’
घनश्याम भुषाल भन्छन् ‘वाम एकता जरुरी छ’
प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा
प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा