३३ किलाे सुन प्रकरण: हुन्डी कारोबारीको रुपमा कुख्यात विमल पोद्दारको घरमा छापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण:  हुन्डी कारोबारीको रुपमा कुख्यात विमल पोद्दारको घरमा छापा

सारांश

  • काठमाडाै, ७ असार ।
  •   हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण छानवीन गरिरहेको सरकारी समितिले हुन्डी कारोबारीको रुपमा कुख्यात विमल पोद्दारको घरमा छापा मारेको छ।
  • पोद्दारको डिल्लीबजारस्थित अपार्टमेन्टमा बिहीबार दिउँसो समितिले छापा हानेको हो।

काठमाडाै, ७ असार ।  हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण छानवीन गरिरहेको सरकारी समितिले हुन्डी कारोबारीको रुपमा कुख्यात विमल पोद्दारको घरमा छापा मारेको छ।

पोद्दारको डिल्लीबजारस्थित अपार्टमेन्टमा बिहीबार दिउँसो समितिले छापा हानेको हो। समितिले उनलाई मंगलबारदेखि नियन्त्रणमा लिएर बयान लिइरहेको छ। बुधबार दिनभरि उनीसँग बयान लिइएको थियो।

‘सुन तस्करी प्रकरणमा जोडिएका पोद्दारको घरमा छापा मारेका छौं’, समितिका एक सदस्यले नेपालखबरसँग भने, ‘सुन तस्करी र अवैध हुन्डी कारोबारबारे केही तथ्यहरु भेटिएका छन्।’ प्रारम्भिक अनुसन्धानले सुन तस्करी र हुन्डीमा पोद्दारको संलग्नता देखिएको छ।

पोद्दार व्यवसायी दीपक मल्होत्राका व्यापारिक साझेदार हुन्। प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलसँगै मल्होत्रा अहिले चीनमा छन्। काठमाडौंका केही प्रतिष्ठित व्यवसायीका अदृश्य साझेदार रहेका पोद्दार यसअघि समेत विदेशी मुद्रा र सुन तस्करी प्रकरणमा जोडिँदै आएका थिए। उनी पहिलो पटक पक्राउ परी अनुसन्धान दायरामा परेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०६९ मा विदेश जान लागेको १ करोड २४ लाख विदेशी मुद्रा बरामद भएपछि सो काण्डमा मुछिएका पोद्दार त्यसबेला जोगिन सफल भएका थिए। प्रहरीका बहालवाला एसएसपी रबिराज श्रेष्ठ बर्खास्त भएको सो घटनामा पक्राउ परेका असई हिराकाजी कुमालले पोद्दारको धन्दाबारे खुलाएका थिए। तर त्यतिबेला उनी पक्राउ परेनन्।

कुमालले तत्कालीन विमानस्थल प्रमुख रहेका डिआईजी विज्ञानराज शर्मासहितका प्रहरी अधिकारीको सम्पर्क पोद्दारसँग रहेको र उनीमार्फत विदेशी मुद्रा बाहिर जाने र सुन भित्रने खुलासा गरेका थिए।

सो घटना सेलाउँदासम्म भाग्दै हिँडेका पोद्दार गिरफ्तारीले सुन तस्करीको संगठित अपराध सञ्जालमा रहेका प्रहरी अधिकारी र व्यापारी अनुसन्धानमा तानिने सम्भावना बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?