सिनेमाघरमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०८१
|
|
१७ पटक हेरिएको
Shares
सिनेमाघरमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’

सारांश

  • काठमाडौं।
  • शुक्रबारदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन्।
  • सिनेमाघरमा आएका चलचित्र हुन् नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ र घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘लण्डन टू पेरिस’।

काठमाडौं। शुक्रबारदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन्। सिनेमाघरमा आएका चलचित्र हुन् नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ र घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘लण्डन टू पेरिस’। चलचित्र ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ भने ‘लण्डन टू पेरिस’ चाहिँ ‘ट्राभल-लभस्टोरी’ हो।

आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन्। नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ र घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘लण्डन टू पेरिस’ प्रदर्शनमा आएका हुन्। चलचित्र ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ भने ‘लण्डन टू पेरिस’ ट्राभल-लभस्टोरी हो। यस्तै चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ तेस्रो हप्तामा प्रवेश गरेका छन् । यी चलचित्र जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आएका हुन्।

‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ। ‘लण्डन टू पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्मा मुख्य भूमिकामा छन्। यी दुवै फरक कथामा निर्माण भएका चलचित्र भएकाले यसका लक्षित वर्ग पनि फरक छन्। दुवै चलचित्रको अग्रिम टिकट बुकिङ खुल्ला छ र मल्टिप्लेक्सले राम्रो शो दिएको छन्।

‘गाउँ आएको बाटो’ मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको हो । चलचित्रको निर्मातामा अमोद राई छन् भने कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन्।

‘लन्डन टू पेरिस’को कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो चललिचत्र गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्यमा बनेको हो। अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियामा बस्नेत र परी राना निर्माताका रूपमा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालविरुद्ध अख्तियारले मुद्दा नचलाउनुको कारण
माधव नेपालविरुद्ध अख्तियारले मुद्दा नचलाउनुको कारण
१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै
१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि
देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति पौडेल
देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति पौडेल
बढ्यो दुई पाङ्ग्रे सवारीको कर, वार्षिक २५ सय देखि १५ हजार सम्म तिर्नु पर्ने
बढ्यो दुई पाङ्ग्रे सवारीको कर, वार्षिक २५ सय देखि १५ हजार सम्म तिर्नु पर्ने
राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे
राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
Mostbet Online МОСТБЕТ Официальный сайт букмекерской компании и казин
राजकुमार बानियाँको नयाँ तिजि गित दिदिभाई भिडियोसहित
राजकुमार बानियाँको नयाँ तिजि गित दिदिभाई भिडियोसहित
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे

तपाईंले छुटाउनुभयो कि?