मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
सारांश
- राजेन्द्र आचार्य,चितवन, १० असार ।
- सभामुख कृष्णबहादुर महराले संघियताको बारेमा अभ्यास्त हुन अझै केहि समय लाग्ने बताएका छन् ।
- चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभालाई आज उद्घाटन गर्दै उनले केन्द्मा रहेको अधिकार स्तानिय तहमा नआएसम्म संघियता कार्यान्वयन नहुने समेत बताए ।
राजेन्द्र आचार्य,चितवन, १० असार । सभामुख कृष्णबहादुर महराले संघियताको बारेमा अभ्यास्त हुन अझै केहि समय लाग्ने बताएका छन् ।
चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभालाई आज उद्घाटन गर्दै उनले केन्द्मा रहेको अधिकार स्तानिय तहमा नआएसम्म संघियता कार्यान्वयन नहुने समेत बताए ।
कानुन बनिनसकेकाले संघ, प्रदेश र स्थानिय तहका अधिकारहरु निक्र्योल हुन नसकेको भन्दै सभामुख महराले आगामी आसोजमा कानुन बनेपछि मात्रै संघियताले मुर्त रुप लिने औंल्याए ।
भरतपुर ठुलो पर्यटनको केन्द्र
चितवनको भरतपुर ठुलो पर्यटनको केन्द्र हुन सक्ने भन्दै उनले राजधानी काठमाडौ र अन्य जिल्लाहरुलाई जोड्नका लागि समेत भरतपुर उपयुक्त क्षेत्र भएको बताए । त्यसैले अन्तरारष्ट्रिय मापदण्ड कै रुपमा विमानस्थल बनाउन जरुरी छ, महराको भनाई थियो।
राजधानीसँग सिधै पहुँचन भएको जिल्ला भएको उल्लेख गर्दै उनले भरतपुर महानगरमा विकासका प्रवल सम्भावनाहरु रहेको बताए । राष्ट्रिय निकुञ्ज र धार्मिक तिर्थस्थल देवघाट यहीभएकाले महानगरपालिका प्रचुर सम्भावना भएको क्षेत्र भएको जिकिर गरे ।
भरतपुर महानगरपालिकाले ८७ बुँदामा ल्याएको नीति तथा कार्यक्रममा आज सार्वजनिक गरेको छ । जनमुखी योजना रहेकाले ठिक ढुंगले काम गरेर कार्यान्वयन गर्नुपर्नेमा सभामुख महराको जोड थियो।
भरतपुर महानगरद्धारा राजन गौतम र चितवन मेडिकल कलेजसहित विभिन्न व्यक्ति र संस्थालाई सम्मान
भरतपुर महानगरपालिकालले चितवनका युवा व्यवसायी तथा उद्योग बाणिज्य संघ ३ प्रदेशका उपाध्यक्ष राजन गौत्मसहित विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ ।
महानगरको दोश्रो नगर सभाको अवसरमा उद्योग बाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष समेत रहेका गौतमले नगर विकासमा उल्लेख भूमिका खेलेको भन्दै ढोसल्ला ओढाई सम्मान गरिएको हो ।
गौतमलाई कार्यक्रमका सभामुख कृष्णबहादुर महरासहित महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाहले सम्मानित गरेका थिए ।
नगरसभाका क्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्ने विगत कार्यक्रममलाई निरन्तरता दिदै गौतमसहित उत्कृष्ट करदाताहरू बोटलर्स् नेपाल तराई प्राली, चितवन मेडिकल कलेज, मेघौली सेराइ होटल लगायतलाई समेत सम्मान गरिएको थियो । भने यस्तै विभिन्न वडा कार्यालयलाई जग्गा दान गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरिएको महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।
मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम
मुलुककै मध्य भागमा पर्ने चितवनको भरतपुर महानगरले ८७ बुँदामा आगामी आर्थिक बर्षकोे लागि ल्याएको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
भरतपुर महानगरको दोश्रो नगरसभामा मेयर रेनु दाहालले आर्थिक बर्ष २०७५÷७६ को लागि केहि पुरानालाई योजनालाई निरन्तरता दिदै नयाँ योजनाहरु समेटिएको ८७ बुँदे योजना नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५र७६ का लागि महत्वाकांक्षी योजनाहरु नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।
“समृद्ध नेपाल, सुखी नेपाली” भन्ने संघीय सरकारको नारालाई आत्मसाथ गर्दै हाम्रो प्रतिवद्धता हाम्रो रहर, सुन्दर र समृद्ध भरतपुर महानगर नारा तय गरेको मेयर रेनु दाहालले बताईन् ।
महानगर भित्र रिङरोड र लिङक रोड यही महिना भित्रै शिलन्यास गरी निर्माण प्रक्रिया अघि बढाईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भरतपुरका मूख्य तीन स्थानमा आकाशे पुल निर्माण, मूख्य चोकहरुमा अत्याधुनिक टाफ्रिक लाईट जडान, भरतपुर विमानस्थलको स्तरोन्नती, मेघौली विमान स्थललाई नियमित संचालन, देवघाटधाममा विद्युतीय शवदाह गृह स्थापना गर्ने योजनालाई विशेष प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रममा मेयरसंग नगरवासी कार्यक्रम, सबै कार्यालयहरु सूचना मैत्री, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउने अभियान र आर्थिक कार्यप्रणाली चुस्त र दुरुस्त बनाई वित्तिय सुशासन कायम गर्ने बुदाँ समेटिएको छ ।
महानगरले पूर्वाधार विकास तर्फ सार्वजनिक नीजि साझेदारी कार्यक्रमलाई जोड दिँदै कल्भर्ट निर्माण, चौडा सडक तथा कालो पत्रे निर्माण, पार्किङ व्यवस्थापनलाई जोड दिएको छ । यस्तै महानगरमा सभाहल निर्माण, लायन्सचोकस्थित तरकारी मण्डी रहेको स्थानमा अत्याधुनिक व्यापारिक भवन, साईकल लेन, नारायणी नदी तटबन्धन र समुन्द्री तट मोडलसहितको मनोरञ्जन पार्क निर्माण जस्ता महत्वकांक्षी योजना समेत ल्याएको छ ।
भू–उपयोग नीति तयार गरी जमिनको व्यवस्थापन, अटो ल्याण्ड निर्माण, विकास निर्माणमा गुणस्तरीयता कायम गर्न निर्माण सामाग्री परीक्षण प्रयोगशाला स्थापना र विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै आर्थिक विकास तर्फ महानगरलाई कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, सिँचाई, कृषि सडक, ग्रामीण विद्युतीकरण, हाट बजार, थोक बजार, कृषि उपज संकलन केन्द्र र प्रशोधन केन्द्रको पूर्वाधार निर्माणमा जोड दिईएको छ । उत्पादनको आधारमा अनुदानको व्यवस्था, विज भण्डारण स्थापना, प्राङगारिक खेतीलाई प्रोत्साहन र घर भित्रको फोहोर घर भित्रै व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको छ ।
यसैगरी उद्योग तथा पर्यटन तर्फ घरेलु उद्योगलाई प्राथमिकता दिँदै उद्योग मैत्री सामाज र समाजमैत्री उद्योगको नीति तय गरिएको छ । ऐतिहासिक धार्मिक, तथा साँस्कृति महत्वका सम्पदाका संरक्षणमा जोड दिईएको छ । यस्तै पर्यटन सूचना केन्द्र स्थापना र पर्यटनको विकासलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यसैगरी सामाजिक विकास तर्फ शिक्षा र स्वास्थ्य र खेलकुदमा विशेष जोड दिईएको छ । जस अन्तरग इन्जिनियरिङ कलेज स्थापना, मेडिकल सिटीका लागि आवश्यक पूर्वाधारको विकास, भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरिने उल्लेख गरिएको छ । भरतपुर अस्पतालमा महिला तथा जेष्ठ नागरिकलाई दिँदै आईएको निःशुल्क बहिरंग सेवालाई निरन्तरता, युवा तथा महिला लक्षित कार्यक्रम र खेलकुदको विकासका लागि खेल मैदान निर्माणमा जोड दिईएको छ ।
वातावरण तथा विपद् व्यवस्थापन तर्फ क्लिन भरतपुर, ग्रीन भरतपुर, एक वडा एक उद्यान, मेरो फोहोर मेरो जिम्मेवारीलगायतका नारा तय गरिएको छ । शहरलाई सुन्दर बनाउन मूख्य सडकमा तीन पाङग्रे सवारी संचालनमा रोक र अत्याधुनिक ल्याण्डफिल्ड साईट निर्माणलाई प्राथमिकता दिईएको छ ।
Chola Kant
Good ramra Kam Renu di ko.