बजारमा सुधार : छ अङ्कको वृद्धि

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बजारमा सुधार : छ अङ्कको वृद्धि

सारांश

  • काठमाडौँ, १८ चैत , आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.
  • ४३ विन्दुले बढेर एक हजार १४९.

काठमाडौँ, १८ चैत , आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीका १२ लाख ६५ हजार ६६२ कित्ता शेयर रु ३५ करोड २८ लाख १० हजार ७५० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा उत्पादन ४.६६ र अन्य ५.९२ विन्दुले घटेका छन् ।

यस्तै बैंकिङ १०.१५, होटल ३३.६७, विकास बैंक ६.३७, जलविद्युत् २.८७, वित्त २.०७, निर्जीवन बीमा २९.७, लघुवित्त २.२८ र जीवन बीमा २.२ विन्दुले बढेका छन् । कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड २० लाख ७८ हजार ८४ मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । यस्तै प्रभु बैंकको रु दुई करोड ११ लाख २० हजार ५७८, एनएमबी बैंकको रु एक करोड ६३ लाख ५९ हजार ४१०, नेपाल बैंक लिमिटेडको रु एक करोड ३१ लाख ७७ हजार ७५७, महालक्ष्मी विकास बैंकको रु एक करोड १९ लाख ६० हजार ४७, एभरेष्ट बैंकको रु एक करोड १३ लाख ९६ हजार ९७६ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार महालक्षमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.४५ प्रतिशतले कमाउँदा अरुण कावेली हाइड्रो पावर ४.९५, हिमालयन पावर पार्टर ४.९२, गुडविल फाइनान्स ४.३५, सनराइज बैंकको शेयरधनीले ३.६९ प्रतिशतले कमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८७, कञ्चन डेभलपमेन्ट बैंक ७.०१, किसान माइक्रोफाइनान्स ५.९८, सूर्योदय लघुवित्त वित्तीय संस्था ५.५२, शिखर इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.४५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले
बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले
केन्द्र सरकार र स्थानिय सरकार बिच विबाद !
केन्द्र सरकार र स्थानिय सरकार बिच विबाद !
नेपाल चिकित्सक संघद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम
नेपाल चिकित्सक संघद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम
तारा एयरको विमान दुर्घटना
तारा एयरको विमान दुर्घटना
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
भित्ते राष्ट्रपति प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय छाड्नु भयो: बाबुराम भट्टराई
ओलीले भने– मलाई माछा मार्न बल्छी चाहिँदैन,
ओलीले भने– मलाई माछा मार्न बल्छी चाहिँदैन,
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौं : उपप्रधानमन्त्री श्रेष्ठ
जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौं : उपप्रधानमन्त्री श्रेष्ठ
नेपालको २५० रन पुरा, सागर र दिपेन्द्रको सतकिय साझेदारी
नेपालको २५० रन पुरा, सागर र दिपेन्द्रको सतकिय साझेदारी

तपाईंले छुटाउनुभयो कि?