राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपतिसमक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा दावी प्रस्तुत

सारांश

  • काठमाडौ, ३ फागुन ।
  • वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि दाबी प्रस्तत गर्दैछन् ।
  • वाम गठबन्धनले राष्ट्रपति भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न लागेको हो ।

काठमाडौ, ३ फागुन । वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि दाबी प्रस्तत गर्दैछन् । वाम गठबन्धनले राष्ट्रपति भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न लागेको हो ।

राष्ट्रपतिसँग अहिले बिहान भेटवार्ताको समय निर्धारण गरिएको छ । वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय यसअघि नै गरिसकेको छ । गठबन्धनले सरकार गठनका लागि वाम गठबन्धनको बहुमत पुग्ने जानकारी दिन राष्ट्रपतिलाई भेट्न लागेको एमाले नेता सुवास नेम्वाङले बताएका छन् ।

वाम गठबन्धनको दावीपछि राष्ट्रपतिले बिहीबारै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ । झण्डै नौ महिने कार्यकाल पूरा गरी कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नै देशवासीका नाममा सम्बोधन गरी पदबाट राजीनामा दिँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?