नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा अाउनुहाेस’

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा  अाउनुहाेस’

सारांश

  • नेपालगन्ज, १८ असार ।
  • अाइतबार साझ देखि परिरहेको बर्षाका कारण नेपालगन्जका विभिन्न ठाउँहरु डुवानमा परेका छन् ।
  • सेतुविक चोक, न्यूरोड, घरबारीटोल, बसपार्क लगायतका स्थानहरु डुवानमा परेका हुन् ।

नेपालगन्ज, १८ असार । अाइतबार साझ देखि परिरहेको बर्षाका कारण नेपालगन्जका विभिन्न ठाउँहरु डुवानमा परेका छन् ।

सेतुविक चोक, न्यूरोड, घरबारीटोल, बसपार्क लगायतका स्थानहरु डुवानमा परेका हुन् ।

डुवानका कारण मानिसहरुलाई घरबाहीर निस्कन समेत समस्या भएको छ । पानिको उचित निकास नभएपछि थोरै वर्षा हुँदापनि नेपालगन्ज नगरका विभिन्न स्थानहरुमा पानि ताल्लिदै आएको छ ।

डुवानमा परेपछि स्थानीयबासिहरुले सामाजिक सञ्जाल मार्फत सरकार र नेपालगन्ज उप–महानगरपालिका प्रति आक्रोश व्यक्त गरेका छन् । डुवानका कारण पसल तथा घरमा पानी पसेको छ।

वर्षेनि डुवानको समस्या झेल्दै आएका न्यूरोड, घरबारीटोलबासिहरुले उपमहानगरका मेयर, उपमेयरलाई डुङ्गा चढेर अनुगमनमा आउन व्याङ्ग्यात्मक आग्रह गरेका छन् । अहिले पनी नेपालगन्ज भारी बर्षा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?