राजदूतमा पौड्याल अनुमोदित

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०८०
|
|
३८ पटक हेरिएको
Shares
राजदूतमा पौड्याल अनुमोदित

सारांश

  • काठमाडौं।
  • संसदीय विशेष सुनुवाइ समितिले परराष्ट्र सचिव भरतराज पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सर्वसम्मतिले अनुमोदन गरेको छ।
  • समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा भएको सुनुवाइपछि सचिव पौड्याललाई उक्त पदमा अनुमोदन गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

काठमाडौं। संसदीय विशेष सुनुवाइ समितिले परराष्ट्र सचिव भरतराज पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सर्वसम्मतिले अनुमोदन गरेको छ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा भएको सुनुवाइपछि सचिव पौड्याललाई उक्त पदमा अनुमोदन गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

त्यसअघि सचिव पौड्यालले आफ्नो कार्ययोजना समितिसमक्ष प्रस्तुत गर्नाका साथै सदस्यहरुका जिज्ञासाको जवाफ दिएका थिए।

यसैबीच, राजदूतमा अनुमोदन भएका सचिव पौड्यालले नेपाल सरकारले आफूलाई सुम्पेको जिम्मेवारी इमान्दार र कर्तव्यनिष्ठ भएर पूरा गर्ने बताए।

मन्त्रिपरिषद्को हालैको बैठकले सचिव पौड्याललाई क्यानाडाका लागि राजदूत नियुक्ति गर्न सिफारिस गरेको थियो।

संसदीय समितिले उनलाई अनुमोदन गरेसँगै नेपालको संविधानअनुसार राष्ट्रपतिले उक्त पदमा पौड्याललाई नियुक्त गर्नेछन्। त्यसअघि क्यानाडाबाट पौड्यालको नाममा नेपाल सरकारले सहमति प्राप्त गर्नुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशमा नेकपालाई संसदीय दलको नेता छान्न हम्मेहम्मे
कर्णाली प्रदेशमा नेकपालाई संसदीय दलको नेता छान्न हम्मेहम्मे
सिलवालको फाइल खोजी, बन्न पाउलान् त सांसद ?
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
२ करोड फिरौती मागेर  बालक अपहरण गर्नेलाई  प्रहरीको  फन्दामा
२ करोड फिरौती मागेर बालक अपहरण गर्नेलाई प्रहरीको फन्दामा
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
महेश बस्नेतले भने ‘नेपाली सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्नु पर्छ’
महेश बस्नेतले भने ‘नेपाली सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्नु पर्छ’
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
अचानक बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले भनिन्- ‘मलाई माइती आएजस्तै लागेको छ’
अचानक बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले भनिन्- ‘मलाई माइती आएजस्तै लागेको छ’
कोरोनाले फुर्सदिला बने नेताहरु, दलका कार्यक्रम सबै स्थगित
कोरोनाले फुर्सदिला बने नेताहरु, दलका कार्यक्रम सबै स्थगित