बलात्कार, आत्महत्या जस्ता घटनाको रोकथामका लागि कार्ययोजना बनाउन निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
३० पटक हेरिएको
Shares
बलात्कार, आत्महत्या जस्ता घटनाको रोकथामका लागि कार्ययोजना बनाउन निर्देशन

सारांश

  • काठमाडौं, २४ असार ।
  • प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले बलात्कार, आत्महत्याका घटना नियन्त्रण, रोकथाम गर्नको लागि कार्ययोजना बनाएर कडाइपूर्वक लागु गरी काम गर्न सप्तरी जिल्ला प्रहरीलाई निर्देशन दिएका छन् ।
  • सप्तरीमा बलात्कार, हत्या, विष सेवन र झुण्डिएर आत्महत्या गरेका घटनाहरु धेरै रहेको जानकारी पाएपछि बस्न्यातले यस्ता घटना नियन्त्रणलाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।

काठमाडौं, २४ असार । प्रहरी नायव महानिरीक्षक धिरु बस्न्यातले बलात्कार, आत्महत्याका घटना नियन्त्रण, रोकथाम गर्नको लागि कार्ययोजना बनाएर कडाइपूर्वक लागु गरी काम गर्न सप्तरी जिल्ला प्रहरीलाई निर्देशन दिएका छन् ।

सप्तरीमा बलात्कार, हत्या, विष सेवन र झुण्डिएर आत्महत्या गरेका घटनाहरु धेरै रहेको जानकारी पाएपछि बस्न्यातले यस्ता घटना नियन्त्रणलाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।

सप्तरीमा एक वर्षको अवधिमा दर्ता भएका महिला हिंसाका ४ सय ४० घटनामध्ये बलात्कार, विष सेवन र झुण्डिएर आत्महत्या गरेका घटना अधिक रहेको भन्दै उनले महिला विरुद्धका बढ्दो घटनाप्रति चिन्ता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, सप्तरीमा एक वर्षभित्र बलात्कारका ३५ तथा बलात्कार प्रयासका १५ घटना भएका छन् ।

बस्न्यातले युनिफर्म अनुसारको आचरण प्रस्तुत गर्न र जनतासँग मिलेर काम गर्न सके मात्रै प्रहरी सफल हुने बताए । “चरित्र र युनिफर्म मिलेन भने प्रहरी संगठनको सिद्धान्त व्यवहारमा देखिँदैन”, उनले भने, “नागरिक केन्द्रित प्रहरी भन्ने मूल मर्मलाई व्यवहारमा लागू गर्नुहोस् ।”

सप्तरीका एसपी मुकेशकुमार सिंहले प्रहरी नायव महानिरीक्षकको निर्देशनलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए । स्रोत, साधन र क्षमताले भ्याएसम्म अपराध हुन नदिने र भएका घटनामा पीडितलाई न्याय तथा पीडकलाई सजाय दिलाउने कुरामा कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

प्रहरी नायव महानिरीक्षक बस्न्यात जिल्ला प्रहरी कार्यालय सप्तरीको हाताभित्र निर्मित महिला तथा बालबालिका सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्न आइतबार राजविराज पुगेका हुन् । १ करोड ३२ लाख ३६ हजारको लागतमा निर्मित १७ कोठाको ३ तले भवन निर्माणमा एडिबीले सहयोग गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?