पाँच सय वर्ष पुरानो सुनको बिस्कुट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ७, २०७६
|
|
५२ पटक हेरिएको
Shares
पाँच सय वर्ष पुरानो सुनको बिस्कुट

सारांश

  • काठमाडौं, माघ ७ ।
  • सन् १९८१ मा मेक्सिको सिटी पार्कमा लगभग दुई किलोग्रामको सुनको बिस्कुट निकै भेटिएको थियो।
  • त्यसको संरक्षण र अध्ययनमा जुटेको वैज्ञानिकहरुको समूहले सो सुनको बिस्कुट पाँच सय वर्ष पुरानो भएको र स्पेनीहरुले पाँच सय वर्षअघि लुटेको निष्कर्ष निकालेका छन्।

काठमाडौं, माघ ७ । सन् १९८१ मा मेक्सिको सिटी पार्कमा लगभग दुई किलोग्रामको सुनको बिस्कुट निकै भेटिएको थियो। त्यसको संरक्षण र अध्ययनमा जुटेको वैज्ञानिकहरुको समूहले सो सुनको बिस्कुट पाँच सय वर्ष पुरानो भएको र स्पेनीहरुले पाँच सय वर्षअघि लुटेको निष्कर्ष निकालेका छन्। त्यस बेला मेक्सिकोमा एज्टेक साम्राज्यबाट हर्मन कोर्टेसले लुटेका थिए।

३९ वर्षअघि फेला पारिएयता यस सुनको बिस्कुटका बारेमा चासो र चर्चा सर्वत्र बढेको थियो। मेक्सिकोको नेसनल इन्स्टिच्युट अफ एन्थ्रोपोलोजी एन्ड हिस्ट्रीले गरेको विशेष किसिमको एक्स–रे प्रविधिबाट इतिहासमा दर्ज भएको १५ जुन १५२० को ‘स्याड नाइट’ अभियानका क्रममा लुटपाटमा परेको दाबी गरेको छ।
त्यो बेला एज्टेक साम्राज्यको राजधानी टेनोक्टिलनमा स्पेनीहरुले लुटपाट मच्चाएका थिए। सोही स्याड नाइटको सम्झनामा २०२० मा विशेष कार्यक्रम मनाउने मेक्सिकोले तयारी थालेको छ।

‘त्यो बेला लुट्न त लुटे तर यतिबेला स्पेनीहरुका लागि लज्जास्पद घटनाका रुपमा यो दिन अंकित भइरहनेछ,’ ५०० वर्ष विशेष पर्वको तयारीमा लागेका एक अभियानकर्मीले भने।स्पेनीहरु नयाँ मुलुक खोज्दै एज्टेक पुग्दा त्यहाँका सम्राट मोक्टेजुमाले तिनलाई सन् १५१९ मा भव्य स्वागत गरेका थिए।

धर्मको नाममा साम्राज्यमा खलल पु(याउँदै स्पेनीहरुले पूरै एज्टेकलाई आफ्नो बनाउने प्रयास गरेका थिए। जसै एज्टेकबासीले त्यसको प्रतिरोध शुरु गरे, तिनले गोली–बारुदको सहयोगले कत्लेआम र लुटपाट मच्चाएका थिए।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले खुवाउने राजदुतलाई सपथ
राष्ट्रपतिले खुवाउने राजदुतलाई सपथ
वैद्य छोडेर फर्केका बादल र यादवले पाए मन्त्रालयको जिम्मेवारी
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?
बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
धार्मिकस्थल बाह्रकुने दहमा सफाई गरेर विद्यालयको वार्षिकोत्सव
धार्मिकस्थल बाह्रकुने दहमा सफाई गरेर विद्यालयको वार्षिकोत्सव
बाटो हिंड्दा स्यालले टोकेर हैरान
बाटो हिंड्दा स्यालले टोकेर हैरान
सकसमा प्रचण्ड !
सकसमा प्रचण्ड !
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!