विद्यार्थी संगठनको अराजकताले नेपाल ल क्याम्पसकाे भर्ना डामाडाेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
३० पटक हेरिएको
Shares
विद्यार्थी संगठनको अराजकताले नेपाल ल क्याम्पसकाे भर्ना डामाडाेल

सारांश

  • काठमाडाै, १४ वैशाख ।
  • विद्यार्थी संगठनको अराजक शैलीका कारण विद्यार्थी भर्ना अभियान प्रभावीत हुन थालेको छ ।
  • कानून संकायको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा एकपछि अर्कोले तालाबन्दी गर्दा कानून संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावित भएको हो ।

काठमाडाै, १४ वैशाख । विद्यार्थी संगठनको अराजक शैलीका कारण विद्यार्थी भर्ना अभियान प्रभावीत हुन थालेको छ ।

कानून संकायको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा एकपछि अर्कोले तालाबन्दी गर्दा कानून संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावित भएको हो ।

डिन कार्यालयले कानूनमा स्नातक तह प्रथम वर्षमा भर्ना गर्नका लागि विद्यार्थीको कोटा प्रणाली लागू गरेपछि एकपछि अर्को विद्यार्थी संगठनले तालाबन्दी गरेपछि भर्ना प्रभावित भएको हो ।

पहिलो अनेरास्ववियुले कोटा संख्या बढाउनुपर्ने माग गर्दै ताला लगाएपछि ४० दिनपछि सहमतिपश्चात् ताला खोलिएको थियो त्यो ताला खोलेको १० दिन नबित्दै फेरि नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले वैशाख १० गतेदेखि पुनः ताला लगाएका छन् । अनेरास्ववियुसँग ६०० कोटा विद्यार्थी भर्ना गर्ने सहमति भएको थियो ।

संघ र क्रान्तिकारीले ५०० जना भर्ना गर्नुपर्ने वा पहिलेकै अवस्थामा विद्यार्थीको कोटा संख्या नतोकिकन भर्ना लिनुपर्ने भन्दै ताला लगाएका हुन् । नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख दीनानाथ पराजुलीले विद्यार्थी संगठनले चरणबद्ध रुपमा ताला लगाएको हुनाले विद्यार्थी भर्ना प्रक्रिया रोकिएको बताउनुभयो ।

“स्नातक प्रथम वर्षको पढाइ तीन महिना पछि परेको छ । स्नातकोत्तर तह प्रथम वर्षको प्रवेश परीक्षा लिएर पनि परीक्षाफल प्रकाशित गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “तालाबन्दी लगाउँदा कानून संकायको शैक्षिक क्यालेण्डर नै खलबलिएको छ ।”

अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस इकाई कमिटीका सचिव दिलबहादुर वनले कोटा संख्या निर्धारण गर्दा एउटा संगठनसँग मात्र सहमति गरेर कार्यालयले गरेको हुनाले तालाबन्दी गरेका बताउनुभयो ।

उहाँले पहिल्यैदेखि कोटा संख्या निर्धारण नगरी वा डिन कार्यालयले तोेकेको कोटा संख्याका आधारमा भर्ना गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?