मेडिकल जाँचका नाममा यौन दुब्र्यबहार गर्ने प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७३
|
|
४५४ पटक हेरिएको
Shares
मेडिकल जाँचका नाममा यौन दुब्र्यबहार गर्ने प्रहरी नियन्त्रणमा

सारांश

  • मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन् ।
  • ललितपुरको एक कलेजका १९ जना छात्रा चिनमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए ।
  • २८ बर्षीय चिकित्सक भट्टले मेडिकल जाँच गर्नेक्रममा आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप विधार्थीको छ ।

मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन् । ललितपुरको एक कलेजका १९ जना छात्रा चिनमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए ।

२८ बर्षीय चिकित्सक भट्टले मेडिकल जाँच गर्नेक्रममा आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप विधार्थीको छ । घटना गत आइतबारको भएपनि काठमाडौं प्रहरी परिसरले भट्टलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको थियो ।

पीडितहरु सुरुमा गौशाला प्रहरी वृतमा पुगेपनि स्थित जटिल बनेपछि ‘उजुरी’ परिसरमा ल्याएर हेरिएको थियो । चिकित्सक भट्टले आफूले गल्ती नगरेको र माफी नमाग्ने बताएपछि पीडित पक्ष र उनीहरुको आफन्त आक्रोसित बनेका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

पीडित युवती र उनीहरुका आफन्त मंगलबार काठमाडौं प्रहरी परिसर पुगेर दोषीलाई हदैसम्मको कारबाही गनुपर्ने माग गरेका छन् ।

भट्ट दुई वर्षदेखि उक्त मेडिकल सेन्टरमा कार्यरत थिए । महिलाको जाँच गर्दा अन्य महिला स्टाफ नराखी भट्टले जाँच गर्दै आएका थिए । भट्टले भने चिकित्सा पेशामा महिला-पुरुष नहुने भन्दै चिकित्सकले विरामीलाई मात्र हेर्ने गरेको प्रहरी समक्ष बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकजना न्यायाधीशले भान्सेको पनि तलब बुझ्छन्
एकजना न्यायाधीशले भान्सेको पनि तलब बुझ्छन्
‘गोरे’ पक्राउ प्रकरण: आत्मसमर्पण गरेको तथ्य फेला !
‘गोरे’ पक्राउ प्रकरण: आत्मसमर्पण गरेको तथ्य फेला !
ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’
ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’
नयाँ वर्षमा ओलीको सन्देश : नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गरिने
जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?
जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
क्यानडासँग नेपालको लज्जास्पद हार
क्यानडासँग नेपालको लज्जास्पद हार
नेपालगन्जमा विद्युत अवरुद्ध भएपछि ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो
नेपालगन्जमा विद्युत अवरुद्ध भएपछि ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त