सही र सकारात्मक सोच जगाउने अभियानमा ग्रामीण स्वयम सेवक समाज

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सही र सकारात्मक सोच जगाउने अभियानमा  ग्रामीण स्वयम सेवक समाज

सारांश

  • सर्लाही, १६ वैशाख ।
  •   ग्रामीण स्वयम सेवक समाजले सही र सकारात्मक सोच जगाउन अभियान थालेको छ ।
  • स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरु, विभिन्न संघसंस्थामा काम गर्ने कर्मचारीहरुमा सकारात्मक सोचको विकास गर्ने उदेश्यले याे अभियान थालिएकाे अायाेजकले बताए ।

सर्लाही, १६ वैशाख ।  ग्रामीण स्वयम सेवक समाजले सही र सकारात्मक सोच जगाउन अभियान थालेको छ ।

स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरु, विभिन्न संघसंस्थामा काम गर्ने कर्मचारीहरुमा सकारात्मक सोचको विकास गर्ने उदेश्यले याे अभियान थालिएकाे अायाेजकले बताए ।

हरिवनमा रहेको  संस्थाले जीवन परिवर्तनका लागि सकारात्मक चिन्तन सम्बन्धी कार्याशाला गोष्ठी सम्पन्न गरेको हाे ।

सो अवसरमा शिखर न्युजका निर्देशक तथा  प्रशिक्षक सुदन ज्ञवालीले जीवन परिवर्तनका लागि सकरात्मक सोच विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

जीवन परिवर्तनका लागि सही र सकारात्मक सोच हुनु आवश्यक भएको कार्यक्रममा बोल्ने वक्ताहरुको भनाई रहेको थियाे

कार्यक्रममा हरिवन नगरपालिका मेयर गणेश प्रसाई सहितका जनप्रतिनिधिहरु, ग्रामीण स्वयमसेवक समाज हरिवनका कार्यसमिति, व्यवस्थापन समितीका पदाधीकारी, कर्मचारी, त्यस्तै छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुगढी गाउपालिकाका जनप्रतिनिधीहरु सहित ७७ जना सहभागि रहेकाे प्रशिक्षक सुदन ज्ञवालीले बताए ।

सही र सकारात्मक सोच जगाउन कार्याशालाको आयोजना गरिएको ग्रामीण स्वयमसेवक समाजका कार्यकारी प्रमुख दिलिप पोेख्रेलले बताए ।

https://www.youtube.com/watch?v=Ffq6qZ7WaaE

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?