पूर्व युवराज पारश छोरा हृदयेन्द्र सँग पढ्दै!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
पूर्व युवराज पारश छोरा हृदयेन्द्र सँग पढ्दै!

सारांश

  • काठमाडाै, २४ जेठ ।
  • पूर्व युवराज पारश छोरा हृदयेन्द्र शाहलाई सँगै लिएर आज दिउसो मृगस्थली पुग्ने भएका छन्।
  • तर, पहिलेजस्तो पुजाआजाका लागिमात्र नभई मृगस्थलीस्थित गुरु गोरक्षनाथ धाम मृगस्थलीमा विभिन्न विषयमा कक्षा लिन जान लागेका हुन्।

काठमाडाै, २४ जेठ । पूर्व युवराज पारश छोरा हृदयेन्द्र शाहलाई सँगै लिएर आज दिउसो मृगस्थली पुग्ने भएका छन्। तर, पहिलेजस्तो पुजाआजाका लागिमात्र नभई मृगस्थलीस्थित गुरु गोरक्षनाथ धाम मृगस्थलीमा विभिन्न विषयमा कक्षा लिन जान लागेका हुन्।

छोरा हृदयेन्द्र र पूर्व शाही परिवारका अन्य परिवारसहित मृगस्थली जान लागेका पारशले ‘बृहत् आध्यात्मिक परिषदको पुस्तकालय’ को विशेष कक्षामा सम्मिलित हुनेछन्। त्यसक्रममा पारशले नौनाथ, गोरक्षनाथ, शाहवंश र गुरु गोरक्षनाथको अन्तर्सम्बन्ध, धर्मशास्त्र अनुसारको वैदिक चार सत्ताबारे जानकारी लिनेछन्।

यसैगरी नेपालमण्डल र गोरखा विस्तार, शाहवंशका देन, पृथ्वीनारायण शाहको राज्य सञ्चालन नीति, दिव्य उपदेश, महेन्द्र नीति, योगी नरहरिनाथ र मौलिक शिक्षा नीति, अर्थनीति तथा ईतिहासकालका अत्यन्त महत्त्वपूर्ण सामाग्री रहेको श्रव्यदृष्य पनि हेर्नेछन्।

पूर्व नवयुवराज हृदयेन्द्र र शाही परिवारका अन्य सदस्य आज मृगस्थली पुग्ने भएपनि पारशले विगत ४ दिनदेखि निरन्तर मृगस्थली गएर उपरोक्त विषयमा कक्षा लिइरहेका छन्। त्यहाँ आयोजित कक्षामा भएको ज्ञानबारे बिचार विमर्श र छलफल पनि हुने गरेको राष्ट्रिय सरोकार मञ्चका संयोजक सोमबिक्रम सिंहले बताए।

पारशसहित पूर्व राजपरिवारका सदस्यहरुलाई गुरु गोरक्षनाथ धाम अन्तर्गत बृहद आध्यात्मिक परिषदका अध्यापकहरुले कक्षा दिनेछन्। तत्कालिन राजा श्री ५ महेन्द्रको निर्देशन बमोजिम गठन भएको सो परिषदका संरक्षक महेन्द्र आफै थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
सरकारी  निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
रजनीकान्तकाे ‘लालसलाम’ले भन्दा रवी तेजाकाे ‘इगल’काे कमायाे बढी
रजनीकान्तकाे ‘लालसलाम’ले भन्दा रवी तेजाकाे ‘इगल’काे कमायाे बढी
मुटु जोगाउन अपनाउनुस् यस्ता उपाय
मुटु जोगाउन अपनाउनुस् यस्ता उपाय
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो
कोरोना उपचार कोषमा पूर्वराजाले २ करोड सहयोग गर्ने घोषणा
कोरोना उपचार कोषमा पूर्वराजाले २ करोड सहयोग गर्ने घोषणा
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए
अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ : विपक्षी नेता
अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ : विपक्षी नेता
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

तपाईंले छुटाउनुभयो कि?