काँग्रेसभित्र विवाद….

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
काँग्रेसभित्र विवाद….

सारांश

  • इटहरी, २६ जेठ ।
  • आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारका विषयलाई लिएर नेपाली काँग्रेसभित्र विवाद बढेको छ ।
  • नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट अलग रहेको युवा नेता रोहित प्रसार्इंलाई पार्टीले इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको विरोधमा आक्रोशित काँग्रेसका नेता तथा कार्यकर्ताले आज बिहानै इटहरीस्थित पार्टीको नगर कार्यालयमा तालाबन्दी गरेका छन् ।

इटहरी, २६ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारका विषयलाई लिएर नेपाली काँग्रेसभित्र विवाद बढेको छ ।

नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट अलग रहेको युवा नेता रोहित प्रसार्इंलाई पार्टीले इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको विरोधमा आक्रोशित काँग्रेसका नेता तथा कार्यकर्ताले आज बिहानै इटहरीस्थित पार्टीको नगर कार्यालयमा तालाबन्दी गरेका छन् ।

पार्टीबाट रोहित प्रसार्इंलाई इटहरी उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार बनाउने काँग्रेसका केन्द्रीय नेताले हिजो गरेको निर्णय यस क्षेत्रका काँग्रेसजनहरुका लागि चित्त बुझ्दो नभएकाले यो निर्णयलाई तत्काल सच्याउन उनीहरुले दबाबस्वरुप पार्टीको नगर कार्यालयमा ताला लगाएर नाराबाजी गर्दै आएका हुन् ।

(www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?