एमालेले प्रदेश २ चुनावी अभियानमा ६३ देखि ७४ जित्ने….

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एमालेले  प्रदेश २  चुनावी अभियानमा  ६३ देखि ७४ जित्ने….

सारांश

  • २४ साउन–प्रदेश नम्बर २ मा पहिलो चरणको चुनावी अभियानमा पार्टीका पदाधिकारीलाई खटाएको एमालेले त्याहाँको प्रारम्भिक रिपोर्ट तयार गरेको छ ।
  • प्रदेश–२ का ८ जिल्लामा खटेका पार्टी पदाधिकारी र स्थायी समिति सदस्यहरुको बैठकमा असोज २ गते हुने स्थानीय निर्वाचनको सम्भावित परिणाम सम्बन्धी प्रक्षेपण समेत प्रस्तुत भएको स्रोतले वताएको छ ।
  • पहिलो चरणमा प्रदेश नम्बर २ गएका एमाले महासचिव ईश्वर पोखरेलको कमाण्डमा एमालेका पदाधिकारी र स्थायी समिति सदस्यहरुले आफू खटेका जिल्लाको प्रारम्भिक रिपोर्ट बुझाउनु भएको छ ।

२४ साउन–प्रदेश नम्बर २ मा पहिलो चरणको चुनावी अभियानमा पार्टीका पदाधिकारीलाई खटाएको एमालेले त्याहाँको प्रारम्भिक रिपोर्ट तयार गरेको छ । प्रदेश–२ का ८ जिल्लामा खटेका पार्टी पदाधिकारी र स्थायी समिति सदस्यहरुको बैठकमा असोज २ गते हुने स्थानीय निर्वाचनको सम्भावित परिणाम सम्बन्धी प्रक्षेपण समेत प्रस्तुत भएको स्रोतले वताएको छ ।

पहिलो चरणमा प्रदेश नम्बर २ गएका एमाले महासचिव ईश्वर पोखरेलको कमाण्डमा एमालेका पदाधिकारी र स्थायी समिति सदस्यहरुले आफू खटेका जिल्लाको प्रारम्भिक रिपोर्ट बुझाउनु भएको छ । यसअघि महासचिव पोखरेल बीरगञ्ज र धनुषा, उपमहासचिव विष्णु पौडेल बारा, घनश्याम भुसाल रौतहट, सचिव प्रदीप ज्ञवाली सिराहा, पृथ्वी सुब्बा गुरुङ महोत्तरी, योगेश भट्टराई धनुषा, गोकर्ण विष्ट सर्लाही र भीम आचार्य सप्तरीमा भेला र भेटघाट चलाएर प्रारम्भिक सर्भेक्षण समेत गरेर फर्किनु भएको थियो । अभियानका क्रममा उहाँहरुले कार्यकर्ता, स्थानीय सामाजिक अभियन्ताहरुसँग संवाद गरी स्थानीय समस्याहरुवारे छलफल गर्नु भएको थियो भने पार्टीका भेला र बैठकहरुमा सहभागि हुनु भएको थियो ।

आफू खटेका जिल्लाबाट प्रारम्भिक रिपोर्ट लिएर फर्केका एमाले नेताहरुले स्थायी समिति बैठकमा ती जिल्लाको सम्भावित चुनावी आकडा प्रस्तुत गर्नु भएको थियो । रिपोर्ट अनुसार एमालेले प्रदेश नम्बर २ को स्थानीय चुनावमा ६३ देखि ७४ स्थानीय तह जित्ने प्रक्षेपण गरिएको छ । प्रदेश नम्बर २ मा सकेसम्म कांग्रेस बाहेकका दलसँग तालमेल गर्नु पर्ने पनि उहाँहरुले सुझाव प्रस्तुत गर्नुभएको छ ।

८ वटै जिल्लाका १२७ वटै स्थानीय तहमा कुन दलसँग प्रतिस्पर्धा हुने भन्ने पनि आकडा एमाले नेताहरुले प्रस्तुत गर्नुभएको छ । धेरैजसो स्थानीय तहमा कांग्रेससँग प्रतिस्पर्धा, त्यो भन्दा कम तहमा राजपा र संघीय समाजवादी फोरम र केही तहमा माओवादीसँग पनि प्रतिस्पर्धा हुने आकडा एमालेसँग छ । तालमेलको नीति अपनाएर गए ७४ वटासम्म स्थानीय तह जित्न सकिने र आन्तरिक परिचालन ब्यवस्थित हुन सके विना तालमेल पनि ६३ वटा स्थानीय तह जित्ने एमालेको प्रारम्भिक मुल्यांकन छ । बैठकपछि एमाले नेताहरु फेरि प्रदेश नम्बर २ मै फर्किसक्नु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
सुरु भयो डीआइजीहरुको सरुवा चलखेल : दुई भाइको भिडन्त !!
सुरु भयो डीआइजीहरुको सरुवा चलखेल : दुई भाइको भिडन्त !!
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
एमाले–माओवादीको केन्द्रीय कमिटी विघटन !
एमाले–माओवादीको केन्द्रीय कमिटी विघटन !
हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !
हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !
राष्ट्रिय बाणिज्य बैंकले नेपालप्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन सहयोग प्रदान गर्यो !
राष्ट्रिय बाणिज्य बैंकले नेपालप्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन सहयोग प्रदान गर्यो !
विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र
विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र
राष्ट्रपति ट्रम्पले साउदी अरबमाथि किन यस्तो भाषा बोले !
राष्ट्रपति ट्रम्पले साउदी अरबमाथि किन यस्तो भाषा बोले !

तपाईंले छुटाउनुभयो कि?