बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बलिया टिमलाई पाखा लगाउँदै फाइनलसम्म पुगेकाे क्रोएसियाबारे जान्नै पर्ने कुराहरु

सारांश

  • विश्वकप फुटबल सुरु हुनु पूर्व र सुरु भएपछि पनि धेरैले सम्भावित विजेताको रुपमा लिने गरेका नाम थिएन ।
  • सबैले सम्भावित विजेताको रुपमा लिएका थिए, ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना, पोर्चुगल वा अरु यस्तै बलिया टिमलाई ।
  • तर खेल अघि बढ्दै जाँदा यी सबै टिम एक पछि अर्को गर्दै घर फर्किए ।

विश्वकप फुटबल सुरु हुनु पूर्व र सुरु भएपछि पनि धेरैले सम्भावित विजेताको रुपमा लिने गरेका नाम थिएन ।

सबैले सम्भावित विजेताको रुपमा लिएका थिए, ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना, पोर्चुगल वा अरु यस्तै बलिया टिमलाई । तर खेल अघि बढ्दै जाँदा यी सबै टिम एक पछि अर्को गर्दै घर फर्किए ।

अनि अर्को एक टिम एक पछि अर्को खेलमा जित निकाल्दै सम्भावित विजेताको सूचिमा आफूलाई सबैभन्दा अघि ल्याउँदै गयो, जसलाई सायद निकै कमले मात्र यहाँसम्म आइपुग्ने सोचेका थिए । त्यो देश हो, क्रोएसिया ।

रुसमा विश्वकपका खेलअरु ज्ति अघि बढ्दै गए त्यति नै उसले सबैलार्य ‘सरप्राइज’ पार्दै गयो । आफ्नो सपनाको यात्रामा बलियो बनाउँदै लग्यो ।भव्य नाम र उस्तै खेल कौशल भएका स्टार खेलाडीका टिम घर फर्किँदा सामान्य चर्चामा रहेका तर बलियो आत्मबल भएका खेलाडीको टिम क्रोएसियाले जित अनि जित निकाल्दै आएको छ ।

उसले पछिल्लो पटक बुधबार राति मस्कोमा भएको सेमिफाइनलमा युवा टिम अनि सर्वाधिक गोलकर्ता ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डलाई रोमाञ्चक रुपमा पाखा लगायो ।

सुरुमा पछि परेर पनि क्रोएसियाले ग्यारेथ साउथ गेटको टिमलाई २–१ ले हराउँदै पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनायो । र अब उ कमैले सोचेको तर अब सम्भव जस्तै देखिँदै गएको विश्व विजेता बन्ने संघारमा पुगेको छ ।युरोपको यो सानो देशले अब फाइनलमा उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । ४२ लाख भन्दा केही बढी मात्रै जनसंख्या रहेको यो देश युगोस्लाभियाबाट स्वतन्त्र भएको धेरै भएको छैन । सन् १९९१ म स्वतन्त्र भएको यो देश पाँच वर्षअघि मात्रै युरोपियन युनियनमा प्रवेश गरेको हो । यो देशले स्वतन्त्र भएयताका ६ विश्वकप मध्ये पाँच पटक खेलेको छ । यसअघि सन् १९९८ को विश्वकपमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो ।

मध्य तथा दक्षिण पूर्वी युरोपको बिचभागमा रहेको यो देश एड्रियाटिक सागरको नजिक छ । निकै सुन्दर देश क्रोएसियाको राजधानी जाग्रेब हो ।

यो टिमलाई अहिले विश्वकपको फाइनलसम्म ल्याउनुमा लुका मोड्रिक, मारियो मान्जुरकी, इभान पेरिसिकसहितका खेलाडीको भूमिका ठूलो छ । राजनीतिक अस्थिरता र हिंसात्मक संघर्ष लामो समय भोगेको क्रोएसियाले फुटबलमा ठूलो सफलता हाँसिल गरेको छ ।

क्रोएसियाको फाइनलसम्मको यात्रा

इंग्ल्याण्डका ट्रिपिएरले पाँचौँ मिनेटमा नै फ्रि–किकबाट गोल गर्दै अग्रता दिलाए पनि नतिजा क्रोएसियाको पक्षमा गयो बुधबार राति भएको सेमिफाइनलमा । ६८ औँ मिनेटमा इभान पेरिसिकले गोल फर्काएसँगै क्रोएसिया खेलमा फर्कियो ।

खेल अतिरिक्त समयमा धकेलियो १०९ औँ मिनेटमा मान्जुकीले सुन्दर गोल गरे र टिमलाई ऐतिहासिक सफलता दिलाए, क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुग्यो ।

रुस विश्वकपमा क्रोएसियाले सबै खेलमा राम्रो गरेको छ । समूह चरणमा क्रोएसिया समूह डी मा थियो।पहिलो खेलमा एउटा उपाहार (आत्मघाती) गोल र पेनाल्टीमा लुका मोड्रिकले गरेको गोलबाट नाइजेरियालाई २–० ले हराएर विजयी सुरुवात गरेको टिमले दोस्रो खेलमा ऐतिहासिक सफलता हात पार्‍यो । उसले उपाधि दाबेदार मानिएको लियोनल मेस्सीको टिम अर्जेन्टिनालार्य ३–० ले पराजित गर्न सफल भयो ।

यो खेलमा रिबिक, मोड्रिक र रेकिटिकले गोल गरे । समूह चरणको अन्तिम खेलमा आइसल्याण्डलाई २–१ ले हराउँदै उसले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो ।नकआउट चरणको पहिलो खेलमा उसले प्रतिस्पर्धी पायो बलियो टिम डेनमार्क । तर १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा क्रोएसियाले ३–२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

क्वाटरफाइनलमा पनि उसले पायो आयोजक देश रुस प्रतिस्पर्धी । यो खेलमा २–२ को बराबरी भयो र फेरि निर्णयका लागि पेनाल्टी सुटआउट । त्यसमा क्रोएसियाले नतिजा ४–३ ले आफ्नो पक्षमा ल्यायो ।

यसरी सेमिफाइनलमा आएको उसले इंग्ल्याण्डलाई पछि परेको अवस्थाबाट फर्किएर पराजित गर्न सफल भयो र अब फाइनल यात्रामा छ ।आउँदो आइतबार मस्कोमा हुने फ्रान्ससँगको फाइनलमा उसले नयाँ इतिहास लेख्ने सम्भावना छ । क्रोएसिया विश्वकपका पछिल्लो तीन खेलमा सुरुमा १–० ले पछि परेको छ र हरेक पटक पुनरागमन गर्दै जित निकाल्न सफल भएको छ ।

प्रशिक्षक ज्लाट्को डालिकलाई आफ्नो टिममाथि विश्वास छ र विश्वकप उचाल्नेमा आत्मबलसहितको भरोसा पनि ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
डिभी जसरी नै कामदार भिसा खुलाउँदै अमेरिका
डिभी जसरी नै कामदार भिसा खुलाउँदै अमेरिका
मेडिकल सामाग्री लिन भोली वाइडबडी चीन जाने
मेडिकल सामाग्री लिन भोली वाइडबडी चीन जाने
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु
कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो
Play Free Slot Machines For Actual Money
बालविवाह आरोपमा बेहुलासहित तीन पक्राउ
बालविवाह आरोपमा बेहुलासहित तीन पक्राउ
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
बोक्सी आरोपमा आमाको हत्या
बोक्सी आरोपमा आमाको हत्या

तपाईंले छुटाउनुभयो कि?