सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन

सारांश

  • पोखरा, २१ वैशाख, प्रदेश नं ४ का समाजिक विकासमन्त्री नरदेवी पुनले सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
  • भाषा आयोग र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘भाषा आयोगको संवैधानिक दायित्व’ विषयको संगोष्ठीको उद्घाटन समारोहमा उहाँले भाषाको संरक्षण र विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।
  • लोपोन्मुख भाषालाई जीवन्त बनाउन अपरिहार्य भएको बताउँदै उहाँले समाजमा प्रत्येक जातजाति र भाषाभाषीबीचको एकता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा, २१ वैशाख, प्रदेश नं ४ का समाजिक विकासमन्त्री नरदेवी पुनले सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।

भाषा आयोग र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘भाषा आयोगको संवैधानिक दायित्व’ विषयको संगोष्ठीको उद्घाटन समारोहमा उहाँले भाषाको संरक्षण र विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।

लोपोन्मुख भाषालाई जीवन्त बनाउन अपरिहार्य भएको बताउँदै उहाँले समाजमा प्रत्येक जातजाति र भाषाभाषीबीचको एकता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले संरक्षणको अभावमा भाषा लोप हुँदै जानु चिन्ताको विषय भएको बताउँदै प्रत्येक भाषाको पुस्तान्तरण कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको धारणा व्यक्त गर्नुभयो ।

भाषा आयोगका सहसचिव रामशरण सापकोटाले आयोगले विभिन्न २९ वटा भाषामा वर्ण निर्धारण, शब्द संकलन, शब्दकोष निर्माण जस्ता कामलाई अघि बढाइएको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, भाषा आयोगका उपसचिव गणेशप्रसाद भट्टराईलगायतले सबै मिलेर हातेमालो गरेमा भाषालाई जीवन्त राख्न सकिनेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?