भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

सारांश

  • राजविराज ।
  • राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ ।

राजविराज । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ । साथै, सोही दुर्घटनामा परी १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव समेत गम्भीर घाइते भएका छन् ।

राजविराजबाट भारदहतर्फ गइरहेको बिआर ८८०५ नम्बरको भारतीय मालबाहक ट्रकले र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ३५०२ नम्बरको यादव सवार मोटरसाइकललाई ठक्क्र दिएको थियो ।
घाइतेको उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र ठक्कर दिने मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मिठाई पसलमा आगलागी

यसैबीच, सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा एउटा मिठाई पसलमा बुधबार आगलागी हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय गंगाराम साहको मिठाई पसलमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रु तीनलाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै, सोही ठाउँमा रहेका छिमेकी रामनाथ साहको मिठाई पसलमा समेत आगलागीबाट क्षति भएको पीडितले जनाएका छन् ।

आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुस्सुले आन्तरिक उडान प्रभावित
हुस्सुले आन्तरिक उडान प्रभावित
संखुवासभा बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत
संखुवासभा बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते
कहाँ पुग्याे चिन तर्फका ४ अटा नाका खाेल्ने काम ?
कहाँ पुग्याे चिन तर्फका ४ अटा नाका खाेल्ने काम ?
भारत र नेपालबीच भएका सन्धी सम्झौता समयानुकुल परिवर्तन हुनुपर्छः रायामाझी
भारत र नेपालबीच भएका सन्धी सम्झौता समयानुकुल परिवर्तन हुनुपर्छः रायामाझी
तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने
तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने
६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने
६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन
पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे

तपाईंले छुटाउनुभयो कि?