डिभी जसरी नै कामदार भिसा खुलाउँदै अमेरिका

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
डिभी जसरी नै कामदार भिसा खुलाउँदै अमेरिका

सारांश

  • अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ ।
  • कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो ।
  • अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ ।

अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो ।

अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ । आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न पाइने छ ।

कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।

यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ ।

तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।

श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
प्रचण्डलार्इ गम्भीर बनाउने अाेलीकाे याे ट्वीट, जस्ले पार्टी एकतामा धक्का पुग्न सक्छ !
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
बिस्केट जात्रा नरोकिने
बिस्केट जात्रा नरोकिने
नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं
नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं
विश्वकै दुर्लभ मानिएको गिद्धले बच्चा कोरल्यो
विश्वकै दुर्लभ मानिएको गिद्धले बच्चा कोरल्यो

तपाईंले छुटाउनुभयो कि?