मेडिकल सामाग्री लिन भोली वाइडबडी चीन जाने
सारांश
- १४ चैत, काठमाडौं ।
- कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ ।
- विमानस्थल भन्सार विभाग स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो ।
१४ चैत, काठमाडौं । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ ।
विमानस्थल भन्सार विभाग स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो ।
औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जाने विमानस्थल भन्सार विभाग स्रोतले अनलाइनखबरलाई बतायो ।
वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउन लागेको स्रोतले बतायो ।
यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया