विश्वकप विजेता फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च पदकबाट सम्मानित गरिंदै
सारांश
- एजेन्सी- रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिंदैछ ।
- विश्वकप फुटबल जित्ने फ्रान्सेली टोलीलाई देशकै सर्वोच्च पदक लिजन दी अनरबाट सम्मानित गरिंदैछ ।
- फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट विश्वकर्फ जितेर फर्किन लागेका फूटबल खेलाडीको भव्य स्वागत गर्न लागिएको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
एजेन्सी- रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिंदैछ । विश्वकप फुटबल जित्ने फ्रान्सेली टोलीलाई देशकै सर्वोच्च पदक लिजन दी अनरबाट सम्मानित गरिंदैछ ।
फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट विश्वकर्फ जितेर फर्किन लागेका फूटबल खेलाडीको भव्य स्वागत गर्न लागिएको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । फ्रान्सेली राष्ट्रपतिको कार्यालयबाट फुटबल टोलीलाई देशकै सर्वोच्च पदकबाट सम्मानित गरिने जानकारी दिइएको हो ।
आइतबार राति मस्कोमा भएको फाइनलमा क्रोएसियलाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकपको उपाधि उचालेको हो । विश्वकप ट्रफीसहित घर फर्किएको फ्रान्सेली फुटबल टोलीलाई पेरिस विमानस्थलमा भव्य स्वागत गरिएको छ । खेलाडी तथा प्रशिक्षकलाई राजधानी पेरिसमा परेडसहित सम्मान गरिने भएको छ । फुटबल प्रशंसकले आइतबार रातभर जितको खुशीयाली मनाएका थिए । केही ठाउँमा हिंसात्मक घटना भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
प्रतिक्रिया