एसिया कप क्रिकेट छनौट : सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
एसिया कप क्रिकेट  छनौट : सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट

सारांश

  • काठमाण्डौ, १७ भदाै ।
  • एसिया कप क्रिकेटको छनौट खेलमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।
  • ५० ओभरको खेलमा सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट भएका हुन् ।

काठमाण्डौ, १७ भदाै । एसिया कप क्रिकेटको छनौट खेलमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । ५० ओभरको खेलमा सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट भएका हुन् ।

युकेएम ओभलमा हुने खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । तर नेपाली बलरसामु सिंगापुरका व्याट्सम्यानले राम्रो खेल्न सकेनन् । सिंगापुरका लागि सुर्यवंशीले ६० र पर्रामले ३१ रन जोड्नुबाहेक अरु खेलाडिले राम्रो प्रदर्शन गर्न सकेनन् । सिंगापुरलाई सस्तैमा अलआउट गराउने क्रममा ललित राजबंशी र सन्दिप लामिछानेले समान ३–३ विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामीले २ र बसन्त रेग्मीले १ विकेट लिए ।

६ टिम सहभागी प्रतियोगितामा लगातार तीन खेल हारेको सिंगापुर भने फाइनल होडबाट बाहिरिसकेको छ ।आजै ओमान र हङकङ तथा युएई र मलेसियाबीच खेल हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?