शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे
सारांश
- काठमाडाै, ४ साउन ।
- शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो ।
- बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए ।
काठमाडाै, ४ साउन । शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो । बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए । उता सरकारले पनि हरेक वाडमा प्रहरी तैनाथ गरेको थियो ।
केही चिकित्सकले बिरामीलाई सेवा दिन नसक्ने बताउन थालेपछि नर्सहरूले भने सेवा रोक्न नहुने बताए । यही कुरामा दुई पक्षबीच भनाभन भयो । भनाभनकै क्रममा नर्सहरूले चिकित्सकको कठालो समाए । प्रहरीले पनि रोक्न सकेन । नर्सहरूले लछारपछार गर्दै चिकित्सकलाई अस्पतालको कम्पाउन्डसम्म पु९याए । प्रहरीको उपस्थितिमा दिनभर सेवा सञ्चालन भयो, बन्द गराउनेहरू अस्पताल हाताबाहिर रहे ।
डा गोविन्द केसीको अनशनको विषयलाई लिएर चिकित्सकहरूबीच नै ध्रुविकरणभएको छ । केसीको माग सम्बोधन गराउन देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णयसँगै चिकित्सकहरू दुई ध्रुवमा विभाजित भएका थिए । डा केसीको माग सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संघले बिहीबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा कांग्रेसनिकट चिकित्सकबाहेक अरूले अस्वीकार गरेपछि देशभरका अस्पतालमा आंशिक प्रभाव पर्यो ।
शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र पाटन अस्पतालमा बिरामीलाई सामान्य सेवा दिइयो । शिक्षण अस्पतालले दिनभर सामान्य सेवा सञ्चालन भएको बतायो । यस्तै पाटन र वीरमा पनि सामान्य रूपमा सेवा सुचारु रह्यो । धादिङबाट उपचार गर्न शिक्षण अस्पताल महाराजगन्ज आएकी सरिता धमलाले ढिलै भए पनि सेवा पाएको बताइन् । ‘बिहान केहीबेर लफडा भएको थियो, त्यसपछि आन्दोलनकारी अस्पतालबाट लखेटिए र सेवा सुरु भएपछि जाँच गराएँ,’ उनले भनिन् ।
Manoj Lama
Well done
Kumar Khatiwada
मौका छोपेउ नि दुख दियका थिय होला अनि
Ram Kumar Shrestha
V. Good
Babru Man Basnet
फटाहा लोग्ने लाई स्वास्नी ले घर परिवार एक्लै चलाउनु परेपछी कुटछन छोडेर हिडछन स्वभाबिक हो!
फटाहा डाक्टर लाई नर्स ले अस्पताल चलाउनु परेपछी कुटछन छोडेर हिडछन स्वभाबिक हो!!
Poon Kamal
gud
Tmg Alish
Good gob
Raj Kale
Good news i like it
Nagendra Chongbang
Good news hata khutta vhachunuparxa
Shyam Dai
good
मौसम दहाल
Hahaha
Dev Sidali Magar
होइट।।।।