यस्तो बिकिनी लगाएर फोटो पोस्ट गरेपछि वाणी कपूरको चर्को आलोचना
सारांश
- मुम्बइ।
- आफ्नो फेसन र बोल्ड फोटोका कारण चर्चामा आइरहने बलिउड अभिनेत्री वाणी कपुर पछिल्लो पटक भने एक फोटोका कारण आलोचित बनेकी छन्।
- हालै उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेको फोटोका कारण मानिसहरू उनीसँग रिसाएका छन्।
मुम्बइ। आफ्नो फेसन र बोल्ड फोटोका कारण चर्चामा आइरहने बलिउड अभिनेत्री वाणी कपुर पछिल्लो पटक भने एक फोटोका कारण आलोचित बनेकी छन्। हालै उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेको फोटोका कारण मानिसहरू उनीसँग रिसाएका छन्।उनले ‘हरे राम’ लेखेको बिकिनी टप लगाएको फोटो पोस्ट गरेपछि मानिसहरू उनीसँग रिसाएका हुन्। मानिसहरूले उनलाई सामाजिक संजालमा चर्को आलोचनासँगै गालीगौलजसमेत गरेका छन्।थुप्रै सामाजिक संजाल प्रयोगकर्ताहरूले वाणीको यो हर्कतले धार्मिक भावनामा आहत पुर्याएको प्रतिक्रिया दिएका छन्।

‘वाणी कपुरले हामर् श्री रामसँग जुनकिसिमको भद्दा ठट्टा गरेकी छन्, त्यसका लागि उनलाई कानुनी कारवाही हुनुपर्छ जसले गर्दा आगामी दिनमा फेरी कसैले यस्तो नगरोस्’, एक प्रयोगकर्ताले सजायको माग गर्दै लेखेका छन्।अन्य प्रतिक्रियाहरू पनि यस्तै किसिमका रहेका छन्।यसरी सामाजिक संजालमा चर्को आलोचना भएपछि वाणीले आफ्नो इन्स्टाबाट यो फोटो हटाइसकेकी छन्। त्यस्तै कतिले भने यो फोटोको तारिफ पनि गरेका थिए।
प्रतिक्रिया