बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
४० पटक हेरिएको
Shares
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने

सारांश

  • काठमाडौ ।
  • भोली विहिवार हुने विमस्टेक सम्मेलनमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षरका लागि (बिमस्टेक) सम्मेलनमा प्रस्तुुत गरिने भएको छ ।
  • आज बुधवार बसेको बिमस्टेकको मन्त्रीस्तरीय बैठकले सहमतिपत्र हस्ताक्षरका लागि सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

काठमाडौ । भोली विहिवार हुने विमस्टेक सम्मेलनमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षरका लागि (बिमस्टेक) सम्मेलनमा प्रस्तुुत गरिने भएको छ । आज बुधवार बसेको बिमस्टेकको मन्त्रीस्तरीय बैठकले सहमतिपत्र हस्ताक्षरका लागि सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

आजको बैठकले बिमस्टेक सदस्य राष्ट्रबीच अन्तर्राष्ट्रिय अपराध र मानव तस्करीको विषयमा शून्य सहनशीलता अपनाउने विषयमा हस्ताक्षर गर्ने निर्णय पनि गरको छ ।यसअघि मंगलबारबसेको १९ औं सचिव स्तरीय बैठकले प्रसारण लाइन सम्बन्धी सहमतिपत्रलाई हस्ताक्षरका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

१६ मन्त्रीस्तरीय बैठकमा बिमस्टेकका महासचिव साहिदुल इस्लामले बिमस्टेकको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायकेलाई मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण गरेका थिए । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

बैठकमा परराष्ट्र मन्त्री ज्ञवाली, भारतका बाह्य मामिला राज्यमन्त्री विजयकुमार सिंह, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अलि, म्यानमारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याब तीन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, भुटानका विदेश सचिव सोनामा छोङ र थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय सभहागी थिए ।

बैठकले क्षेत्रीय संगठनका राष्ट्रबीच अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउने विषयमा छलफल र सम्झौता गर्ने तयारी गरेको हो । मन्त्रिस्तरीयको बैठकमा १६ वटा म्ुख्य एजेन्डाको विषयमा समेछ छलफल भएको थियो । साथै, यसअघि विभिन्न राष्ट्रमा भएका जलवायु परिवर्तन, उर्जा क्षेत्र, यातायात पूर्वाधारको विषयलाई थप प्रभावकारी रुपमा बढाउने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)
दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवासुविधा थपियो
पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवासुविधा थपियो
राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता
राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता
हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो
विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो
Ex-Trump manager ‘faces charges over Russia’
Ex-Trump manager ‘faces charges over Russia’
विद्युत् चुहावट गर्ने २४ जना पक्राउ
विद्युत् चुहावट गर्ने २४ जना पक्राउ