शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
११
|
१९ पटक हेरिएको
Shares
शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे

सारांश

  • काठमाडाै, ४ साउन ।
  •   शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो ।
  • बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए ।

काठमाडाै, ४ साउन ।  शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो । बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए । उता सरकारले पनि हरेक वाडमा प्रहरी तैनाथ गरेको थियो ।

केही चिकित्सकले बिरामीलाई सेवा दिन नसक्ने बताउन थालेपछि नर्सहरूले भने सेवा रोक्न नहुने बताए । यही कुरामा दुई पक्षबीच भनाभन भयो । भनाभनकै क्रममा नर्सहरूले चिकित्सकको कठालो समाए । प्रहरीले पनि रोक्न सकेन । नर्सहरूले लछारपछार गर्दै चिकित्सकलाई अस्पतालको कम्पाउन्डसम्म पु९याए । प्रहरीको उपस्थितिमा दिनभर सेवा सञ्चालन भयो, बन्द गराउनेहरू अस्पताल हाताबाहिर रहे ।

डा गोविन्द केसीको अनशनको विषयलाई लिएर चिकित्सकहरूबीच नै ध्रुविकरणभएको छ । केसीको माग सम्बोधन गराउन देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णयसँगै चिकित्सकहरू दुई ध्रुवमा विभाजित भएका थिए । डा केसीको माग सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संघले बिहीबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा कांग्रेसनिकट चिकित्सकबाहेक अरूले अस्वीकार गरेपछि देशभरका अस्पतालमा आंशिक प्रभाव पर्यो ।

शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र पाटन अस्पतालमा बिरामीलाई सामान्य सेवा दिइयो । शिक्षण अस्पतालले दिनभर सामान्य सेवा सञ्चालन भएको बतायो । यस्तै पाटन र वीरमा पनि सामान्य रूपमा सेवा सुचारु रह्यो । धादिङबाट उपचार गर्न शिक्षण अस्पताल महाराजगन्ज आएकी सरिता धमलाले ढिलै भए पनि सेवा पाएको बताइन् । ‘बिहान केहीबेर लफडा भएको थियो, त्यसपछि आन्दोलनकारी अस्पतालबाट लखेटिए र सेवा सुरु भएपछि जाँच गराएँ,’ उनले भनिन् ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Manoj Lama

    Well done

    Comment Author

    Kumar Khatiwada

    मौका छोपेउ नि दुख दियका थिय होला अनि

    Comment Author

    Ram Kumar Shrestha

    V. Good

    Comment Author

    Babru Man Basnet

    फटाहा लोग्ने लाई स्वास्नी ले घर परिवार एक्लै चलाउनु परेपछी कुटछन छोडेर हिडछन स्वभाबिक हो!
    फटाहा डाक्टर लाई नर्स ले अस्पताल चलाउनु परेपछी कुटछन छोडेर हिडछन स्वभाबिक हो!!

    Comment Author

    Poon Kamal

    gud

    Comment Author

    Tmg Alish

    Good gob

    Comment Author

    Raj Kale

    Good news i like it

    Comment Author

    Nagendra Chongbang

    Good news hata khutta vhachunuparxa

    Comment Author

    Shyam Dai

    good

    Comment Author

    मौसम दहाल

    Hahaha

    Comment Author

    Dev Sidali Magar

    होइट।।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?