मृतक श्रीमानको अन्त्येष्टि गर्दा लफडा, विवाद उच्च अदालतसम्म पुग्याे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मृतक श्रीमानको अन्त्येष्टि गर्दा लफडा, विवाद उच्च अदालतसम्म पुग्याे

सारांश

  • हङकङमा मृतक श्रीमानको अन्त्येष्टि गर्नका लागि श्रीमती र रखैलबीच हानथाप हुँदा विवाद उच्च अदालतसम्म पुगेको छ।
  • पुन होक चि नाम गरेका चिनियाँको गत अप्रिलमा मृत्यु भएपछि अन्त्येष्टि कसले गर्ने भन्ने विवाद सुरु भएको थियो।
  • झाओ सायोयन नामकी रखैलले आफ्नो प्रेमीले मृत्युपूर्व नै आफुलाई इच्छापत्र दिएको दावीलाई श्रीमती चान मि लिनले अस्विकार गरिन्।

हङकङमा मृतक श्रीमानको अन्त्येष्टि गर्नका लागि श्रीमती र रखैलबीच हानथाप हुँदा विवाद उच्च अदालतसम्म पुगेको छ। पुन होक चि नाम गरेका चिनियाँको गत अप्रिलमा मृत्यु भएपछि अन्त्येष्टि कसले गर्ने भन्ने विवाद सुरु भएको थियो। झाओ सायोयन नामकी रखैलले आफ्नो प्रेमीले मृत्युपूर्व नै आफुलाई इच्छापत्र दिएको दावीलाई श्रीमती चान मि लिनले अस्विकार गरिन्। त्यसपछि रखैल झाओ विवाद लिएर अदालत पुगेकी हुन्।

हङकङ र मुख्यभूमी चीनका व्यापारीहरूबीच घरमा श्रीमती र बाहिर रखैल राख्ने चलन सामान्य नै हो। श्रीमानको मृत्युपछि सम्पत्ति हात पार्न श्रीमती र रखैलबीच बेलाबेला यस्ता झगडा हुँदै आएपनि अदालतमै सुनुवाइ भएको यो दुर्लभ घटना हो। हङकङ स्ट्यान्डर्ड दैनिकका अनुसार अदालतमा झाओ प्रेमीको मृत शरीर हङकङमै जलाएर उनको अस्तु (खरानी) सेनजेनको चिहानघारीमा दफन गर्न चाहेको बताएकी छिन्, जहाँ उनका मातापिताको अस्तु दफन गरिएको थियो। झाओले अदालतमा गत वर्षको जुन महिनामै आफुले उक्त इच्छापत्र पाएको दावी गरेकी छिन्।

तर झाओपट्टि कुनै सन्तान नभएको र श्रीमती तर्फ भने छोरी र छोरा समेत भएकोले पुन होक चिको त्यो इच्छापत्र सक्कली हो कि होइन भन्ने कुरामा शङ्का गरिएको छ। झाओको थप खुलासाले भने श्रीमती र रखैलबीचको विवाद सम्पत्तिका लागि भएको देखाएको छ। क्यान्सर रोगले लामो समय अस्पतालमा थलिएर अन्तिम अवस्थामा पुगेको बेला श्रीमतीले आफ्नो सम्पत्ति हडप्न थालेपछि पुन होक चि रिसाएको नर्सलाई बताएका थिए।

झाओका वकिलले बचेको सम्पूर्ण सम्पत्ति उपभोग गर्न र अन्त्येष्टि समेत गर्न पाउने गरि रखैलको नाममा गत नोभेम्बरमा दोस्रो पटक इच्छापत्र गरिदिएको दावी गरेका छन्। पुन होक चि हङकङको बासिन्दा हुन र उनकी छोरी हङकङ र छोरा अष्ट्रेलियामा छ्न्। अदालतको सुनुवाइ अहिले स्थगित गरिएको छ। विवादले गर्दा चाइवानस्थित पामेला युड नेदरसोल इस्टर्न अस्पतालमा रहेको पुन होक चिको लासको अन्त्येष्टि हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?