प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०८१
|
|
३३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन्।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन्।

नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरे। पानीजहाजबाट सीमापारदेखि सामानहरु ल्याउन–लान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उनको भनाइ थियो।

“पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ । ठुला भन्सार पनि खोलौँ । सबै काम त्यहीँबाट हुन्छ । यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ ।”, उनले भने।

भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित सहभागी कर्मचारी/इञ्जिनियरलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले भने, “पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुुपर्छ हाल सञ्चालित कुर्था–जनकपुर रेलमार्गमा दुई वटा रेल थप्नुुपर्छ । त्यहाँको मार्गलाई बर्दिबाससम्म ल्याउनुपर्छ । पूर्व पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ । काठमाडौँमा जमिनमुनी रेल चल्न सम्भव छैन भने स्काइ रेल चलाउनुपर्छ।’’

प्रधानमन्त्री ओलीले पूर्व पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरु पनि ग्वाँटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली तथा सिलीगुरीबाट हरिद्वारसम्म पुग्न सक्ने बताए ।

उनले चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनाहरु स्तरीय ढंगले छिटो सम्पन्न गर्न ध्यान दिन पनि आग्रह गरे। प्रधानमन्त्री ओलीले मध्यपहाडी (पुष्पलाल) राजमार्गको रामेछाप–नुवाकोट खण्ड र अन्य स्थानमा जनताको माग अनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिँदै मार्ग परिवर्तन गर्दा राजनीतिक दबाब नभई बढी भन्दा बढी जनतालाई लाभ हुने, सुरक्षित र छिटो पुग्न सकिने आधारलाई प्राथमिकता दिन निर्देशन दिए ।

उनले प्राविधिक क्षेत्रमा काम गर्दा हुन सक्ने मानवीय त्रुटीलाई सरकारले क्षमता दिन सक्ने तर भ्रष्टाचार सैह्य नहुने स्पष्ट गर्दै इमानदार भएर काम गर्नेहरुले ढुक्कका साथ अघि बढ्न सक्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी चीन प्रस्थान
राष्ट्रपति भण्डारी चीन प्रस्थान
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली
कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली
हो, मैले सम्धीलाई योजना दिएको छु के भो र ?
हो, मैले सम्धीलाई योजना दिएको छु के भो र ?
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
कर्णालीका संसदीय समितिले अझै नेतृत्व पाएन
कर्णालीका संसदीय समितिले अझै नेतृत्व पाएन
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
डेङ्गुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो
डेङ्गुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्

तपाईंले छुटाउनुभयो कि?