फोर्ब्सको एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली युवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०७४
|
|
१०१४ पटक हेरिएको
Shares
फोर्ब्सको एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली युवा

सारांश

  • फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको यो वर्षको एसियाका ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालका ५जना युवा परेका छन्।
  • फोर्ब्सले अनलाइनमा परेको मनोनयन तथा आफ्ना संवाददाता र अनुसन्धानकर्तालाई खोज्न लगाएर ३० जना निर्णायकमार्फत् सूची तयार पारेको हो ।
  • सूचीमा नेपालका प्रभाव यादव, सूर्य कार्की र रवीकुमार नेपाल, आशिष आचार्य र सविन भण्डारी परेका छन् ।

फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको यो वर्षको एसियाका ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालका ५जना युवा परेका छन्। फोर्ब्सले अनलाइनमा परेको मनोनयन तथा आफ्ना संवाददाता र अनुसन्धानकर्तालाई खोज्न लगाएर ३० जना निर्णायकमार्फत् सूची तयार पारेको हो ।

सूचीमा नेपालका प्रभाव यादव, सूर्य कार्की र रवीकुमार नेपाल, आशिष आचार्य र सविन भण्डारी परेका छन् । देशविदेशमा रहेर विभिन्न काम गरिरहेका नेपाली युवा मध्येबाट छानिएकाहरू फोर्ब्सको सूचीमा  परेका हुन्।  फोर्ब्सको सूचीमा  जनकपुरका  रवि कुमारको कोड फर नेपाल साइटले नेपालसम्बन्धी तथ्यांक सजिलै उपलब्ध गराउँछ। जनकपुरका रवी कुमार अहिले विश्व बैंकको प्रमुख डिजिटल स्ट्राटेजिस्टको रुपमा वासिङ्टन डिसीमा कार्यरत छन् । उनले आफ्नी पत्नीसँग मिलेर कोड फर नेपाल  स्थापना गरेका हुन्। फोर्ब्सले यसका अलावा रविकुमारले नेपालका दुर्गम गाउँमा २५ स्कुल पुननिर्माणको लागि सहयोग गरेको उल्लेख गरेको छ । दियालो फाउन्डेसनका संस्थापक सूर्य कार्की पनि फोर्ब्सको सूचीमा अटाएका छन्। दुर्गम गाउँका बालबालिकालाई निःशुल्क शिक्षा दिने उद्देश्यका साथ कार्कीले दियालो फाउण्डेशन सुरु गरेका थिए।

यसले दुर्गमका बासिन्दालाई दीगो ऊर्जा र कृषिको बारेमा सेवा प्रदान गरिरहेको फोर्ब्सले जनाएको छ। कार्की अहिले बेइजिङमा अध्ययनरत छन् । सूचीमा परेका अर्का दुई युवा हुन्, आशिष आचार्य र सविन भण्डारी। उनीहरुको कलेजमा पढ्दै गर्दा पाँच वर्षअघि नेपालकै पहिलो अनलाइन स्टोर्स थ्रेडपेन्ट्स खोलेका थिए। थ्रेडपेन्ट्सले स्थानीय डिजाइनरले डिजाइन गरेका टिशर्टहरु बिक्री सुरु गरेको थियो । थ्रेडपेन्ट्स टिसर्ट, घडी लगायतका सामानको लागि चर्चित बनेको छ। यो संस्थाले २०७२ को भूकम्पपछि सहयोग संकलनको लागि ‘टिसर्ट फर रिलिफ’ अभियान चलाएको थियो । एक्स्प्लोर ग्याजेटका संस्थापक प्रभात यादवको च्यानल यूट्युबमा लोकप्रिय छ। यादव पनि फोर्ब्सको प्रभावशाली युवाको सूचीमा अटाएका छन्। काठमाडौंमा स्थापित एक्स्प्लोर ग्याजेटले सन् २०१२ देखि यूट्युव च्यानल सञ्चालन गरेको थियो ।

सो च्यानलमार्फत् यादवले नेपाली दर्शकलाई पछिल्लो प्रविधिको जानकारी दिंदै आएको छन्। एक लाख सब्स्क्राइबर पुगेपछि यूट्युवले दिने सिल्भर प्ले बटन अवार्ड पाउने यादव एक मात्र नेपाली भएको फोर्ब्सले जनाएको छ। फोर्ब्स १० विधामा ३० जनाका दरले ३ सय प्रभावशाली युवाको सूची प्रकाशित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?