मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३१, २०७९
|
|
५७ पटक हेरिएको
Shares
मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध

सारांश

  • राष्ट्रिय मानवअधिकार आयोगले जुम्लास्थित खलंगामा रहेको आयोगको कार्यालय सार्ने तयारी गरेको छ ।
  • १५ वर्षदेखि कर्णालीको मानवअधिकारबारे तथ्यगत अध्ययन र रिपोर्टिङ गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय सार्ने तयारी गरिएको हो ।
  • जुम्लाबाट कार्यालय सार्ने तयारीको विरोध र आलोचना भइरहेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले जुम्लास्थित खलंगामा रहेको आयोगको कार्यालय सार्ने तयारी गरेको छ । १५ वर्षदेखि कर्णालीको मानवअधिकारबारे तथ्यगत अध्ययन र रिपोर्टिङ गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय सार्ने तयारी गरिएको हो । जुम्लाबाट कार्यालय सार्ने तयारीको विरोध र आलोचना भइरहेको छ ।

जुम्लालाई केन्द्र बनाएर कर्णालीको मानवअधिकारबारे वकालत गरिरहेको संस्थालाई प्रदेश राजधानीमा सार्ने र जुम्ला शाखाको अधिकार खुम्च्याउने तयारी पाँच वर्ष अघिदेखि नै भएको शाखा प्रमुख बुद्धनारायण साहनीले बताए ।

‘जुम्ला, नेपालगन्ज र खोटाङमा रहेको कार्यालयलाई डाउन साइज गर्ने र प्रदेशमा कार्यालय रहने सांगठनिक संरचना तयार पारिएको छ,’ उनले भने,’ अहिले प्रदेश सरकारले आयोगको कार्यालयलाई महान्यायाधिवक्ताको कार्यालय रहेको घरमा कार्यालय राख्ने तयारी भइरहेको छ ।’

उनका अनुसार प्रदेश सकार सकारात्मक भएको हुनाले आयोगको कार्यालय व्यवस्थित गर्ने तयारी केन्द्रले गरेको छ । प्रदेश सरकारले आयोगलाई महान्यायाधिवक्ताको कार्यालय रहेको भवनका पाँचवटा कोठा उपलब्ध गराएको छ भने आयोगले दुई जना कर्मचारीसमेत खटाएको छ ।

हाल जुम्ला शाखामा आठ जना कर्मचारी छन् । तर, कार्यलय प्रदेशमा सारिएपछि यो कार्यालयको अधिकार साँघुरिने जुम्लीको मत छ । भइरहेको कार्यालय कुनै पनि हालतमा सार्नु उपयुक्त नहुने सांसद गजेन्द्रबहादुर महतको राय छ । कुनै पनि जिल्लामा स्थापना भएर काम गरिरहेका कार्यालयलाई अन्त सार्नु गलत हो,’ उनले भने, ‘कर्णाली जस्तो कम विकसित र कम नागरिकले मात्रै शिक्षा पाएको ठाउँमा मानवअधिकार उल्लंघनका घटना बढी हुने हुँदा यो कार्यालय सार्नुहुँदैन ।’

निष्पक्ष रुपमा सरकारलाई समेत सचेत र सजग गराउने राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय सुर्खेत सार्दा अञ्चल प्रहरी कार्यालय र सीप विकास केन्द्र सारेजस्तै हुने जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले बताए ।
आयोगलाई घर भाडाका लागि समस्या हो भने जिल्ला समन्वय समितिमा कार्यालय स्थापना गर्ने भवन दिन हामी तयार छौं,’ उनले भने, ‘तर प्रदेश कार्यालय स्थापना गर्ने नाममा जुम्लाको काम, कर्तव्य र अधिकारहरू कटाउनु गलत कदम हो । यसको हामी खुलेर विरोध गर्नेछौँ ।’

जुम्लामा स्थापना भएर नजिकबाट मानवअधिकार उल्लघंन भए÷नभएको जति छिटो रिपोर्टहरू तयार हुन्थ्यो, त्यसरी सुर्खेत जाँदा नहुने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलका अनुसार भएको संरचना खुम्च्याउनु पर्ने बाध्यता आइलागेको छ । सरकारले आयोगका प्रदेश कार्यालय विस्तार गर्न भने पनि बजेट र जनशक्ति नदिँदा समस्या आएको उनको भनाइ छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरका अनुसार संघ र कर्णाली प्रदेश सरकारले प्रदेश कार्यालयका लागि स्रोत जुटाईदिएमा जुम्ला कार्यालयको जनशक्ति र कार्यालय यथावत रहने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत
व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत
आइजिपी फैसला सम्भवत आज : बहसमा कसले के भने ?
अर्थोपेडिक सम्मेलन सम्पन्न
अर्थोपेडिक सम्मेलन सम्पन्न
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
बीआरआई सहमतिबारे देउवा अनभिज्ञ
बीआरआई सहमतिबारे देउवा अनभिज्ञ
प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो
प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो
बस र मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा