मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
२७ पटक हेरिएको
Shares
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

सारांश

  • धनुषा ।
  • मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।
  • मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।

धनुषा । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।

सत्ता साझेदार दलहरूबीच कसले कुन मन्त्रालय पाउने विषयमा सहमति हुन नसक्दा सरकार विस्तारमा समस्या देखिएको छ । सत्तारुढ दलहरूबीच पाँच प्रदेशसभा सदस्य बराबर एक मन्त्रालय दिने समझदारी भएको थियो । तर एउटै मन्त्रालयमा दुई पार्टीले दाबी गरेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । नेकपा (माओवादी केन्द्र)ले मधेसमा सामाजिक विकाससहित दुई मन्त्रालय माग गरेको छ ।

मधेसमा सत्ता साझेदार मुख्य दल नेकपा (एमाले) र सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)बीच यसको छलफल भइरहेको छ ।

जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादव भन्छन्, “हामीले सामाजिक विकास मन्त्रालय मागेका छौँ । यसमा सहमति जुटेपछि हाम्रो पार्टीको तर्फबाट मन्त्री बन्नेको नाम छिट्टै पेस हुन्छ ।” यही माघ १३ गते जनमत पार्टीबाट मन्त्री बनेका इञ्जीनियर वसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मधेश प्रदेशमा माओवादी संसदीय दलका नेता भरतप्रसाद साह सम्मानजनक ठाउँ पाउनुपर्ने बताउँछन् । “सरकार विस्तारका लागि नीतिगत कुरै मिलेको छैन, त्यही भएर ढिलाइ भइरहेको छ”, उनले भने।

प्रदेश सरकारमा नेकपा (एमाले), जसपा, जनमत र माओवादी केन्द्र सहभागी छन् । मधेसमा अहिले चार सदस्यीय मन्त्रिपरिषद् छ । गत पुस २९ गते मुख्यमन्त्री यादवले शपथग्रहण गरेका थिए । मुख्यमन्त्रीसँगै तीन बिनाविभागीय मन्त्रीले शपथ लिएका थिए । अहिले उनीहरूको जिम्मेवारी तोकिइसकेको छ । मुख्यमन्त्री यादवले सबै दललाई समेटेर अगाडि बढ्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताए । “यही साताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ”, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“Site Oficial Da Mostbet No Brasil ️ Registro Rápido Mostbet Brasil Cassino Online 24 7 At The Empresa De Apostas? Caça-níqueis Licenciados, Fameuses Chances, Bônus Generosos E Promoções ️ Jogue De Graça Ou Por Dinheiro
नेपाल र भियतनामबीच के के सम्झौता भयो?
नेपाल र भियतनामबीच के के सम्झौता भयो?
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,
राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड
राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड
धमाधम कालोपत्रे गरिँदै नारायणगढ–बुटवल सडक
धमाधम कालोपत्रे गरिँदै नारायणगढ–बुटवल सडक
काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ  प्रधानमन्त्री देउवा
काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ प्रधानमन्त्री देउवा
छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्
छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्
युक्रेनी खुफिया एजेन्सी प्रमुखकी पत्नीलाई झुक्याएर विष खुवाइयो
युक्रेनी खुफिया एजेन्सी प्रमुखकी पत्नीलाई झुक्याएर विष खुवाइयो
राजधानी माग्ने आन्दोलनकारी र प्रहरीबीच झडप, ३ जना घाइते
राजधानी माग्ने आन्दोलनकारी र प्रहरीबीच झडप, ३ जना घाइते
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट

तपाईंले छुटाउनुभयो कि?