पहिरोमा पुरिएर एक मजदूरको मृत्यु्

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • बैतडी, ९ साउन ।
  • पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।

बैतडी, ९ साउन । पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।

आज बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो । मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर–९ रुप्सालखोला बाँजका मानसिंह विकको घर निर्माणको काम गरिरहेका प्रहरीले बताएको छ ।

सँगै सुतेका अन्य मजदूर भने भागेर बाँच्न सफल भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृतक ओडको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

(https://www.riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?