आजदेखि फेरियो नेपालीको पात्रो- शुरु भयो २०७५

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १, २०७५
|
|
१९ पटक हेरिएको
Shares
आजदेखि फेरियो नेपालीको पात्रो- शुरु भयो २०७५

सारांश

  • काठमाडौँ, १ वैशाख- आजदेखि नेपालीहरुको पात्रो फेरिएको छ ।
  • नेपाली पात्रो अनुसार आजदेखि विक्रम संवत् २०७५ साल शुरु भएको छ ।
  • आजको दिन अर्थात् वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

काठमाडौँ, १ वैशाख- आजदेखि नेपालीहरुको पात्रो फेरिएको छ । नेपाली पात्रो अनुसार आजदेखि विक्रम संवत् २०७५ साल शुरु भएको छ । आजको दिन अर्थात् वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

सूर्यले मीन राशी सकेर मेष राशीबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन मानिन्छ ।

आज हरेक नेपालीले २०४७ सालमा गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

नयाँ वर्षको अवसरमा बिहानैदेखि स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ, इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ।

मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विक्रम सम्वत चलेको थियो । यो नेपालमा मात्र रहेको छ । विज्ञहरुका अनुसार नेपालमा विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको हो । राजा विक्रमादित्यले चलाएको संवत् भएकाले सम्वत्लाई बिक्रम सम्वत् भनिएको भन्ने मानिन्छ ।

नयाँ वर्षको अवसरमा नेपालीले विभिन्न साँस्कृतिक कार्यक्रम, पिकनिक, भेटघाटका कार्यक्रमहरु गरी मनाउँदैछन् ।

शिखर न्यूज परिवारको तर्फबाट नयाँ वर्ष २०७५ ले सबै नेपालीमा सुख, शान्ति, समृद्धि कायम् होस्र,  हरेक नेपालीको उत्तरोत्तर प्रगतिको शुभकामना !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार
आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार
सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय निर्वाचनबारे निर्णय हुन सक्ने
सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय निर्वाचनबारे निर्णय हुन सक्ने
मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य
मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी
चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  हरि ढकाल विजयी
चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी
मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा
मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा
अमेरिकामा ५०० जना नेपाली कोरोना सङ्क्रमित
अमेरिकामा ५०० जना नेपाली कोरोना सङ्क्रमित
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
How to become successful, Kamal Bhandari of Sindhupalchowk, Buddhist Monks?
How to become successful, Kamal Bhandari of Sindhupalchowk, Buddhist Monks?
दुई अध्यक्षका कारण नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित
दुई अध्यक्षका कारण नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित

तपाईंले छुटाउनुभयो कि?