नेपाल विकसित नहुनुको कारण ‘मेरी बास्सै’ हेर्नुहोस्, के छ रहस्य ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
नेपाल विकसित नहुनुको कारण ‘मेरी बास्सै’ हेर्नुहोस्, के छ रहस्य ?

सारांश

  • काठमाडौं, माघ ५ ।
  • नेपाल किन बन्न सकेन ?
  • अहिले यो बहसले नेपालका प्रमुख अखबार, टेलिभिजन, डिजिटल पत्रपत्रिकाहरूमा लेखिएका विभिन्न बौद्धिक वर्गका लेखरचना र चिन्तनमा निक्कै हल्लीखल्लीका रूपमा स्थान पाएको विषयवस्तु भएको छ ।

काठमाडौं, माघ ५ । नेपाल किन बन्न सकेन ? अहिले यो बहसले नेपालका प्रमुख अखबार, टेलिभिजन, डिजिटल पत्रपत्रिकाहरूमा लेखिएका विभिन्न बौद्धिक वर्गका लेखरचना र चिन्तनमा निक्कै हल्लीखल्लीका रूपमा स्थान पाएको विषयवस्तु भएको छ । हो, पनि आफ्नो देश नबनेको चिन्ता सबैलाई हुन्छ नै ।

पढेका हुन या अशिक्षित धनी देशको नागरिक बन्ने सपना कसले सँगालेको हुँदैन र ? अहिलेका दैनिक पत्रिकाहरू खासगरी राजधानी केन्द्रित पत्रिकाहरूले एक प्रकारले सामाजिक जिम्मेवारीमय पत्रकारिता गर्दै आइरहेका छन् । यो सन्दर्भ राम्रो पनि हो ।

सबैमा ज्ञान भएकै कुरा हो । नेपाल नबन्नुका पछाडि निकै कारणहरू रहेका छन् । त्यो सबै विषयलाई अहिलेको यो सानो शीर्षकमा न्याय गर्न सकिन्न । पछि कुनै स्थानमा लामै बहस गर्नु पर्ला । किन बनेन भन्दा पनि हामीले किन बनाउन चाहेनौं भन्ने कुरा नै अहिलेको प्रमुख चिन्ता र चासोको विषय हो ।

नेपाल किन विकसित हुन सकेन । के कारणले पछाडी पर्यो ? यही विषयमा आधारित रहेर प्रसारण गरिएको गत भागको हास्य टेलिसिरियल ‘मेरी बास्सै’ हेर्दा सहजै बुझ्न सक्छौं । सिरियल शुक्रबार ट्रेडिङ ४ मा थियो भने आज (शनिबार) ट्रेडिङ ५ मा छ ।

सिरियलमा एउटा गाउँ विकास गर्न भनेर अमेरिकाबाट एनआरएनको महासचिव पुग्छन । उनले त्यस गाउँमा एउटा अस्पताल निर्माण गर्ने योजनासहित आएको बताउँछन् । तर, त्यहाँ आफ्नै गाउँघरका दाजुभाईबीच हानथाप हुन्छ, कसको जग्गामा अस्पताल बनाउने भन्नेमा ।

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को घरमा बसिरहेका एनआरएनलाई गाउँका दाजुभाईले आफ्नो घर लैजान पहल गर्छन् । कसैले मेरो घरमा यस्तो पाउँछ, मेरो घरमा बस्दा राम्रो हुन्छ भन्दै एनआरएनलाई लैजाने क्रममा अन्तमा एनआरएनले त्यो गाउँमा केही गर्न सक्दैनन् ।

बाँकी भिडियोमा हेर्नुहोस् :–

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?