मुद्दा फछर्योट लक्ष्य भन्दा बढी

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मुद्दा फछर्योट लक्ष्य भन्दा बढी

सारांश

  • बागलुङ, १२ साउन,उच्च अदालत पोखरा, बागलुङ इजलासले गत आवमा लक्ष्य भन्दा बढी मुद्दा फछयौट गरेको छ ।
  • इजलासमा रहेका कूल दुई सय २४ मध्ये एक सय ७५ मुद्दा फछर्योट भएको इजलासले जनाएको छ ।
  • जसमा ४८ थान मुद्दा अघिल्लो आवका थिए ।

बागलुङ, १२ साउन,उच्च अदालत पोखरा, बागलुङ इजलासले गत आवमा लक्ष्य भन्दा बढी मुद्दा फछयौट गरेको छ । इजलासमा रहेका कूल दुई सय २४ मध्ये एक सय ७५ मुद्दा फछर्योट भएको इजलासले जनाएको छ ।

जसमा ४८ थान मुद्दा अघिल्लो आवका थिए । ७५ प्रतिशतको लक्ष्य राखिएकोमा ७८ दशमलव १२ प्रतिशत मुद्दा किनारा लागेको इजलासका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले बताउनुभयो ।

आव ०७४÷७५ का जम्मा ४९ थान मुद्दा फछर्योट गर्न हुन बाँकी छन् । किनारा लाग्न बाँकी मुद्दामध्ये २०७४ सालमा दर्ता भएका मुद्दा जम्मा ११ थान छन् भने बाँकी सबै पछिल्लो तीन महिनाका हुन् । सबै भन्दा पुरानो १५ महिनाअघिको जबरर्जस्ती करणी सम्बन्धी एउटा मात्र मुद्दा इजलासमा छ । उक्त मुद्दामा यही साउन १६ गते बहस तथा सुनुवाइ हुने भएको छ ।

फुटकर निवेदन, प्रतिवेदन भने शतप्रतिशत फछर्योट भएको न्यायाधीश सिवाकोटीले बताउनुभयो । पछिल्ला वर्षमा न्याय सम्पादन छरितो बनेपछि मुद्दा फछर्योट अपेक्षित भन्दा बढी छ । ‘बढीमा १८ महिनाभित्र जस्तोसुकै मुद्दा फछर्योट हुन्छ,’ न्यायाधीश सिवाकोटीले भन्नुभयो । इजलासको तथ्यांकअनुसार अधिकांश मुद्दा वर्षदिनभित्रै किनारा लाग्ने गरेका छन् ।

इजलासमा सबै भन्दा बढी कर्तव्य ज्यान, जबरर्जस्ती करणी, लागुऔषध, जग्गा, अशं मानाचामल सम्बन्धी मुद्दा पर्ने गरेका छन् ।
इजलासले संवेदनशील प्रकृतिका मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ गर्ने गरेको छ । यसअघि रहेको पुनरावेदन अदालत अहिले उच्च अदालत पोखराको बागलुङ इजलासको रुपमा रहेको छ । बागलुङ इजलास भनेर तोकिए पनि क्षेत्राधिकार र कार्य सम्पादन जिम्मेवारी भने पुनरावेदनकै अनुसार छ । पुनरावेदन अदालत हुँदा तीन÷चार वटासम्म इजलास रहने गरेकोमा अहिले एउटा मात्र इजलास छ ।

(solidstonefabrics.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?